आन्तरिक उडान असोज ५ बाटै

आन्तरिक उडान असोज ५ बाटै

असोज १ गतेबाट आन्तरिक उडान खोल्ने निर्णय भए पनि आवश्यक तयारी नपुग्दा असोज ५ बाट मात्रै उडान


काठमाडौं : आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ। बुधबार पर्यटन मन्त्रालयमा भएको आन्तरिक वायुसेवा सञ्चालनसम्बन्धी बैठकले असोज ५ गतेबाट नियमित उडानका लागि अनुमति दिने निर्णय गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरेको भए पनि आवश्यक तयारी नपुग्ने भन्दै असोज ५ बाट मात्रै उडान अनुमति दिइने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। उनले भने, ‘आन्तरिक उडान खुलेको त असोज १ बाट नै हो। तर, एयरलाइन्स कम्पनीले टिकट बुकिङ गर्नुपर्‍यो। आजको भोलि नै टिकट बुकिङ हुने वा टिकट काट्ने भन्ने हुँदैन भने अन्य तयारीका लागि पनि समय चाहिने हुन्छ।’ पोखरेलले सोही अनुसार फरक एयरलाइन्सका उडान पनि फरक मितिबाट सुरु हुन सक्ने भए पनि नियमित व्यावसायिक उडान अनुमति असोज ५ बाट नै दिइने स्पष्ट पारे।

यस्तै, कोरोनाका कारण बन्द भएको करिब ६ महिना पछि सुरु हुन लागेको नियमित उडानमा विमानहरूले क्षमताको आधा मात्र यात्रु उडान पाउने भएका छन्। कोरोना संक्रमण बढ्ने जोखिमलाई ध्यानमा राख्दै क्षमताको आधा मात्र यात्रु उडान पाउने गरी विमानहरूले सेवा दिने बताइएको छ। यसो हुँदा विमान कम्पनीले हवाई भाडा बढाउनुपर्ने बताएका छन्। आन्तरिक वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार सरकारले ५० प्रतिशत यात्रु उडाउनुपर्ने भनेको छ। यसो हुँदा हवाई भाडा महँगो हुने निश्चित बनेको छ। हवाई भाडा बढाउने सम्बन्धमा छलफल गर्न भनिएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए।

आन्तरिक उडान सञ्चालनसँगै स्वास्थ्य मापदण्डलार्ई एकदम कडाइका साथ लागु गर्न वायुसेवा कम्पनीलाई मन्त्रालयले निर्देशन दिएको छ। कोरोना संक्रमण बढिरहेको अवस्थामा हवाई यात्रालाई सुरक्षित बनाउन सरकारको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न भनिएको छ। यसका लागि काठमाडौं एयरपोर्टको हकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले पहिलो लेयरमा स्वास्थ्य परीक्षण गर्ने, दोस्रो र तेस्रोमा एयरलाइन्स र प्राधिकरणका प्रतिनिधि रहनुपर्नेछ। काठमाडौं बाहिरका एयरपोर्टको हकमा भने स्थानीय निकाय, गाउँपालिका वा नगरपालिकाले भोलुन्टेयर खटाइदिनुपर्ने बताइएको छ। यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्नेछ।

यस्तै कोराना अघिको समयमा हुने उडानको एक चौथाइ उडान हुने गरी नियमित उडान सुरु गरिनेछ भने नियमित उडान भइरहेका सबै गन्तव्यका लागि उडान खुला गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

वायुसेवा कम्पनीले उडान नभर्ने

कोरोनाका कारण बन्द भएको करिब ६ महिनापछि सुरु हुन लागेको नियमित उडानमा विमानले क्षमताको आधा मात्र यात्रु राख्न पाउने सरकारले निर्देशन दिएको छ। सरकारले ५० प्रतिशत यात्रु उडाउनुपर्ने भनेपछि उडान खर्च नै नधान्ने भन्दै आन्तरिक वायुसेवा कम्पनीले नियमित उडान सुरु नगर्ने भएका छन्। नियमित उडान सुरु गर्न सरकारको सबै शर्त मान्न तयार भए पनि ५० प्रतिशत मात्र यात्रु क्षमतामा उडान सञ्चालन गर्न नसकिने आन्तरिक वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। एउटा उडानको खर्च धान्न कम्तीमा ६० प्रतिशत अकुपेन्सी हुनुपर्ने भएकाले ५० प्रतिशत अकुपेन्सीमा उडान भर्न नसकिने उनले स्पष्ट पारे। ‘सरकारको यो शर्तअनुसार फिक्स विङसले असोज ५ बाट उडान भर्न सक्दैनन्। सबै वायुसेवा सञ्चालकले यसमा सहमति जनाएका छन्’, प्रवक्ता शर्मा भन्छन्। घाटामा उडान गराउनुभन्दा नगराउन ठिक हुने भन्दै प्रवक्ता शर्माले लामोदूरीका यातयात खुलेकाले यात्रुलाई असहज नहुने जिकिर गरे।

उडान भर्न नसक्ने भएपछि संघले सो सम्बन्धमा बिहीबार पर्यटन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणलाई चिठ्ठी पठाएर जानकारी गराउने बताइएको छ।

यसअघि पर्यटन मन्त्रालयसँग भएको छलफलमा ५० प्रतिशत क्षमतामा मात्र विमान सञ्चालन गर्ने भए हवाइ भाडा बढाउनुपर्ने विमान व्यवसायीले सरकारसँग माग राखेका थिए। सो सम्बन्धमा पर्यटन मन्त्रालयले समन्वय गरेर अघि बढ्ने बताएको थियो। हवाई भाडा बढाउने सम्बन्धमा छलफल गर्न भनिएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अन्नपूर्ण पोस्ट्लाई जानकारी गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.