केन्द्र विवादले कालिञ्चोक गाउँपालिकाको बजेट आएन

केन्द्र विवादले कालिञ्चोक गाउँपालिकाको बजेट आएन

दोलखा : केन्द्र विवादको कारण आर्थिक वर्ष सुरु भएको २ महिना वितिसक्दा समेत उत्तरी दोलखाको कालिञ्चोक गाउँपालिकाको बजेट पास हुन सकेको छैन ।करिब ४ वर्षदेखि जारी केन्द्र विवादले विभाजित जनप्रतिनिधिहरुका कारण चालु आर्थिक वर्ष सुरु भएको २ महिना वितिसक्दा समेत बजेट पास हुन नसकेको हो । २०७७ असार २३ गते गाउँपरिषद्मा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएपनि समय अभावका कारण स्थगित परिषद् अहिलेसम्म बस्न सकेको छैन।

गाउँपालिकाको बजेट सार्वजनिक नहुँदा चालु आवमा कार्यान्वयन गर्नुपर्ने विकास, निर्माण, तलब, सामाजिक सुरक्षा भत्तालगायतका कार्यहरु ठप्प भएका छन् । बजेट नआएपछि टेण्डर, उपभोक्ता समिति गठन, स्टिमेट लगायतका काम ठप्प भएपछि कामविहीन बन्न पुगेको कर्मचारीहरुको भनाइ छ ।

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले भने आर्थिक वर्ष २०७७/७८ को बजेट पारित भइसकेको तथा खर्च गर्ने सफ्वेयरमा अपलोड गर्ने काम भइरहेको बताए । बजेट अहिलेसम्म सार्वजनिक नहुनाको कारणबारे उपाध्यक्ष कालिका पाठकलाई सोध्दा यो विषयमा अध्यक्षलाई नै सोध्न आग्रह गरिन् ।

गाउँपालिकाको अस्थाई केन्द्र सुनखानीमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भए पछि बैठक स्थगित भएको र अर्को बैठक ५ को बान्द्रेथलीमा बस्ने भनी अध्यक्षले निर्णय सुनाएपछि बैठकमा उपस्थित बहुमत सदस्यले नोट अफ डिसेन्ट लेखेको वडा नम्बर ७ का वडाध्यक्ष चेतबहादुर खड्काले बताए । त्यस पछि बैठक नैं नबसेकाले अध्यक्षले कसरी बजेट पारित गरे आफूलाई थाहा नभएको वडाध्यक्ष खड्काको भनाइ छ ।

बडा नम्बर ३ का वडाध्यक्ष निशान बुढाथोकीले भने २३ गते बैठक स्थगित भएको स्वीकार्दै पछि अन्यत्रै बसेको बैठकबाट बजेट पारित भएको बताए । बजेट पारित गर्ने पक्षमा आफू सहित बहुमत सदस्यको हस्ताक्षर रहेको उनको दावी छ । मुल शीर्षकहरु मात्रै राखि बजेट पारित गरिएकाले त्यसको ब्रेक डाउन गरी सुत्रमा राख्न ढिला भएको हुन सक्ने उनको अनुमान छ ।

गाउँपालिका अध्यक्ष थामी तथा केही वडाध्यक्षहरुले बजेट पारित भएको दावी गरे पनि कार्यालयमा भने बजेट पास भएको माइन्युट बुधबारसम्म प्राप्त नभएको प्रमुख प्रशासकिय अधिकृत नवराज ओलीले बताए । विनियोजन ऐन पारित भइ सुत्रमा इन्ट्री नगरेसम्म खर्च गर्न नपाइने कानुनी प्रावधान भएकोले दैनिक प्रशासन चलाउन समेत संकट परेको उनको भनाइ छ । तर तलब भत्ता खुवाउने समयसम्म सुत्रमा बजेट इन्ट्री गर्ने काम सकिने भएकोले कुनै समस्या नहुने गाउँपालिका अध्यक्ष थामीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.