बर्दियामा कोरोना जित्‍नेको संख्या बढ्दै

बर्दियामा कोरोना जित्‍नेको  संख्या बढ्दै

गुलरिया : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण परास्त गर्नेको संख्या बर्दियामा बढेको छ । जिल्लाका आइसोलेसन सेन्टरमा रहेका अधिकांश कोरोना संक्रमित निको भएर घर फर्केसँगै कोभिड जित्नेको संख्या उच्च भएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दियामा ५ सय ३३ जना कोरोना भाइरस पुष्टि भएकामध्ये ३ सय ५७ जनाले कोरोना जितेको र १ सय ७५ जना आइसोलेसनमा छन् । गुलरिया नगरपालिकाका ६४ जना संक्रमितमध्ये ५२ जना घर फर्केको र १२ जना उपचाररत छन् । त्यस्तै मधुवन नगरपालिकामा ६४ जना संक्रमित, ५० जना निको र १३ जना आइसोलेसनमै छन् ।

बाँसगढी नगरपालिकामा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । पुष्टि भएका १ सय ६२ जना संक्रमित मध्ये ४८ जना निको भएका र १ सय १४ जना उपचारकै क्रममा रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । राजापुर नगरपालिकामा ४० संक्रमित, ३५ निको, ५ जना आइसोलेसन, बारबर्दिया नगरपालिका ४४ संक्रमित, २८ निको र १६ जना उपचारमा छन् ।

त्यस्तै ठाकुरबाबा नगरपालिकामा ४७ संक्रमित, ४४ निको, ३ जना आइसोलेसन, बढैयाताल गाउँपालिकामा ७९ जना संक्रमितमध्ये ६७ जना निको भएका र १२ जना आइसोलेसनमा रहेको जनाइएको छ । 

गेरुवा गाउँपालिकामा ३३ जना संक्रमितमध्ये सबैजना कोरोना जितेर फर्किएका छन् । बर्दियामा कोरोना जित्नेको संख्या अधिक छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले भने पछिल्लो समय बर्दियामा लक्षणसहितका कोरोना संक्रमितहरु देखिन थालेका छन् । त्यसैले सबैजना सचेत हुनुपर्ने अवस्था छ । बर्दियामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.