संविधान दिवसमा बन्दी रिहा
नुवाकोट : संविधान दिवसका अवसरमा नुवाकोटमा बन्दी वृद्धा रिहा भएकी छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै शनिबार नुवाकोट जिल्ला कारागारबाट बन्दी रिहा भएका हुन् ।
संविधान दिवसको अवसरमा सरकाले विभिन्न कारागारबाट कैदीबन्दी रिहा गर्न कारागार प्रशसनले गरेको सिफारिसलाई छानबिन गरेर सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैदीबन्दी रिहा गरेसँगै नुवाकोटवाट पनि एक महिला रिहा भएको कागारगार कार्यालय नुवाकोटले जनाएको छ ।
जिउँदो बच्चा फालेको कारण अदालतबाट चार वर्षको कैद सजाय तोकिएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की ५५ वर्षीया कान्छी श्रेष्ठ बाँकी कैद मिनाह भएर रिहा भएको कारागार कार्यालय नुवाकोटका प्रमुख दुर्गाप्रसाद वाग्लेले जानकारी दिए ।
उनले फैसलामा तोके अनुसार दुई वर्ष सात महिना १५ दिन अर्थात् ६५ दशमलव ४१ प्रतिशत कैद भुक्तान गरिसकेकी छन् । उनले भुक्तान गर्न बाँकी एक वर्ष चार महिना १५ दिन अर्थात् ३४ दशमलव ५९ प्रतिशत कैद सरकारले माफी दिएका कारण रिहा भएको जेलर वाग्लेले बताए ।