उपत्यकामा ७६७ सहित २४ घण्टामा १३ सय २५ संक्रमित थपिए

उपत्यकामा ७६७ सहित २४ घण्टामा १३ सय २५ संक्रमित थपिए

काठमाडौं :पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट छ जनाको मृत्यु भएको छ भने ७६७ जनामा संक्रमण देखिएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा काठमाडौंमा ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुष, ललितपुरमा ७५ वर्षीया महिला र भक्तपुरमा ७२ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो।

काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।  यस्तै पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ। 

१७ हजार ४७८ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ४०७ जना छन्। यस्तै क्वारेन्टाइनमा ७ हजार ४५१ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा ९ हजार ५८४ पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो ७२ प्रतिशत हो। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।  मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने म्याग्दी, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र  हुम्ला, रसुवामा संक्रमितको शून्य संख्य रहेको छ।

आइसीयूमा १९० र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४११ जनाको मृत्यु भएको छ। आइतबार मात्रै काठामाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.