काठ चोरी-तस्करीको आरोपमा चार पक्राउ
उदयपुर : अवैधरुपमा काठ चोरी तस्करी गरेको आरोपमा पक्राउ परेका उदयपुरका चारजना कारोवारीलाई प्रहरीले आइतबार डिभिजन वन कार्यालय गाईघाटमा बुझाएको छ ।
वन ऐनअन्र्तगत अनुसन्धान र कारवाही गर्न सम्बन्धित कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए । प्राकृतिक स्रोत साधनको अवैधरुपमा हुने चोरी निकासी नियन्त्रण गर्ने अभियानअन्र्तगत प्रहरीले त्रिनपा जोगिदहस्थित कङ सामुदायिक वन समूहबाट सखुवा काठसहित पक्राउ गरेको उनले बताए ।