ट्रकको ठक्करबाट बालिकाको मृत्यु

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

धादिङ : पृथ्वी राजमार्गअन्तरगत धादिङको थाक्रे गाउँपालिका ६ महादेव वेशीमा कन्टेनर ट्रकको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको ना ३ ख ५१८३ नम्बरको डिब्बा ट्रकले ठक्कर दिँदा स्थानीय ३ वर्षीया बालिका सञ्चिता कार्कीको ज्यान गएको हो ।

घटनापछि केहीवेर अवरुद्ध भएको सवारी प्रहरी घटनास्थल पुगेर जाँचमुचुल्का गरेपछि सुचारु भएको छ । ठक्कर दिने कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  त्यस्तै आइतबार नै बिहान गल्छी गाउँपालिका ६ सुत्केरीढुङ्गा नजिक पेट्रोल बोक्ने ट्यांकर त्रिशूली नदीमा खसेको थियो ।

वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख २८२२ नम्बरको ट्यांकर आइतबार बिहान २ बजेटिर सय मिटर तल त्रिशूलीमा खसेको थियो। भीरमा ठोक्किँदै खसेको ट्याङकर नदीको बीचमा पुगेपछि आगो लागेको थियो । आगो लागेपछि धुनीबेशी नगरपालिकाको दमकल बोलाएर आगो निभाइएको थियो ।

घटनामा चालक र सहचालकले हाम फालेर ज्यान जोगाएको प्रहरीले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा स्टेरिङ भाँचिएपछि दुर्घटना भएको चालकको उदृद्ध गर्दै प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.