काठमाडौंका सडकमा सास्ती नै सास्ती (फोटो फिचर)
काठमाडौं : लामो समयदेखिको लकडाउन र निषेधाज्ञाको अन्त्यसँगै राजधानीमा चहलपहल बढेको छ। चर्चाका लागि राजधानीका केही सडक लकडाउनको समयमा चिटिक्क पारिएका भए पनि अधिकांश सडकको अवस्था नाजुक छ।
खानेपानीको पाइप र बिजुलीको तार बिछ्याउन खनिएका सडकको मर्मत नहुँदा पानी पर्नेबित्तिकै सडक हिलाम्य हुन्छन्। आइतबार अन्नपूर्णकी फोटो पत्रकार उमा विष्टले काठमाडौँको चाबहिल क्षेत्रको हिलाम्य सडक क्षेत्रको चहलपहललाई आफ्नो लेन्समा कैद गरेकी छन्।