मुस्ताङका स्याउ किसानलाई जनसेवा पदक

मुस्ताङका स्याउ किसानलाई जनसेवा पदक

जोमसोम : मुस्ताङका  एक स्याउ किसानलाई राज्यले सम्मान गर्ने भएको छ। मुस्ताङको घरपझोङ—५ ढुम्बाका किसान कर्म गुरुङलाई सरकारले संविधान दिवसको अवसरमा जनसेवा श्री(पञ्चम) पदकबाट सम्मान गर्ने निर्णय गरेको हो।

सम्मान मात्र नभएर किसानको जीवनस्तर उकास्न राज्यपक्षले ठोस कार्ययोजना र नीति ल्याउनु पर्ने स्याउ किसान कर्मको भनाइ छ।

स्याउ उत्पादनले प्रसिद्ध ब्रान्ड बनेको जिल्ला भएकाले यहाँ उत्पादित स्याउमा उपभोक्ताको माग बढ्दो छ। उनले मुस्ताङको स्याउले भारतीय र चिनियाँ स्याउसँग अस्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्दा किसान र व्यापारी मर्कामा परेको उनको भनाइ छ। 

झन्डै ४ दशकदेखि निरन्तर पुस्ता हस्तान्तरण हुँदै आएको यहाँको रैथाने जातको स्याउ खेतीमा लागि परेका उनी पछिल्लो चार वर्षयता छिटो र छरितो गुणस्तरीय स्याउ उत्पादन दिनसक्ने इटालीयन जातका स्याउको खेती गर्न थालेका छन्। 

मुस्ताङबाट करोडौ रुपैयाँको स्याउ फलाएर पोखरा—काठमाडौं लगायतका स्थानमा बिक्री गर्ने मध्येका किसान हुन कर्म गुरुङ। उनले मुस्ताङमा झन्डै १ सय ५० रोपनी जग्गामा स्याउ खेती गरेका छन्। यसै वर्ष उनले प्रदेश सरकारबाट ७५ प्रतिशत र  स्याउ जोनको ५० प्रतिशत अनुदानमा उपलब्ध छिटोछरितो गुणस्तरीय फल दिनसक्ने १० हजार उच्चघनत्वका स्याउ बिरुवा लगाएका छन्। 

स्याउ खेतीमा उनले आफ्ना आफन्तको जग्गासमेत उपयोग गरेका छन्। उनको घरपझोङ—५ मा चिम्ले ओरचार्ड स्याउ फार्म छ। घरपझोङको वडा—३ जोमसोमस्थित फाइपस्टार भिलेज, ढुम्बा र चिम्ले लगायतका ३ स्थानमा उनले स्याउ खेती गरेका छन्। 

गुरुङले अहिले रैथाने स्थानीय जातका स्याउ र उच्चघनत्वको स्याउ गरेर हरेक वर्ष १ सय ५० मेट्रिक टन स्याउ उत्पादन गर्ने गरेको जानकारी दिए। उनले लगाएको १० हजार उच्च घनत्वको स्याउ बिरुवाले केही वर्षमा उत्पादन दिन थालेमा करिव ५ करोड बराबरको स्याउ एक्लैले फलाउनसक्ने बताए।

कर्मले रैथाने स्याउमा रोयल, रेड, रिचारेड र गोल्डेन स्याउ र फुजी स्याउ उत्पादन गर्दै आइरहेका छन्। उनले  ४० रोपनी सिचाईबिहीन बाँझो जग्गामा सिन्चित गरी उच्चघनत्वको गाला, फुजी, किङरोड र गोल्डेन लगायतका विरुवा लगाएका छन्। 


मुस्ताङका स्याउ किसान कर्म गुरुङको स्याउ फार्ममा फलेका स्याउ। तस्बिर : सुन्दरकुमार थकाली।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.