कोरोना संक्रमणबाट ताप्लेजुङमा एकको मृत्यु

कोरोना संक्रमणबाट ताप्लेजुङमा एकको मृत्यु

ताप्लेजुङ : कोरोना संक्रमणका कारण ताप्लेजुङकी एक महिलाको मृत्यु भएको छ। पाथीभरा याङवरक गाउँपालिकाकी ३७ वर्षीय महिलाको मोरङको बिराट मेडिकल कलेजमा उपचारका क्रममा सोमवार मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कलेजो र मृगौलाको समस्या रहेकी उनलाई असोज ३० गते कोरोना पोजिटिभ देखिएको थियो। उनले भदौ १३ गते ताप्लेजुङकै अस्पतालमा भर्ना भएकी उनलाई विराटनगर रेफर गरिएको थियो। जिल्लामा हालसम्म १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती सबै विदेशबाट आएका हुन्।

ति मध्येका ८ जना जिल्लाकै उद्योग वाणिज्य संघको आइसोलेसनमा निको भए। बाँकी ५ जना धरानको घोपा, विराटनगरलगायतका अस्पतालमा गएर निको भएर फर्किइसकेका छन्। अहिले जिल्लाभर क्वारेण्टाइनमा ८ जना रहेका छन्। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.