नियम उल्लंघन गर्ने १० करोड भिडियो टिकटकले हटायो
बेइजिङ : टिकटकले आफ्ना नियम तथा शर्तहरु उल्लंघन गर्ने १ सय ४ मिलियन वटा भिडियो हटाएको जनाएको छ ।
विश्वभरबाट यही वर्षको पहिलो ६ महिनाको अवधिमा आफ्नो प्लेटफर्मबाट ती भिडियो हटाएको जनाएको हो । टिकटकले यही मंगलबार बताए अनुसार गाइडलाइन विपरीत १ सय ४ मिलियन अर्थात् १० करोड भिडियो टिकटकबाट हटाइए ।
‘ती भिडियो मध्ये ९६ दशमलब ४ प्रतिशत भिडियो प्रयोगकर्ताले उजुरी गर्नुअघि नै हामीले पत्ता लगायौँ र हटायौँ । र ९० दशमलब ३ प्रतिशत भिडियो चाहिँ अवलोकन हुनुभन्दा पहिले नै हटायौँ,’ टिकटकले आफ्नो पारदर्शिता रिपोर्टमा यस्तो उल्लेख छ ।
टिकटकले पहिलो ६ महिना अवधिमा तथ्यजाँच पनि सुरु गरेको छ । जुन कोरोनाभाइरस महामारीसम्बन्धी भिडियो र अमेरिकी चुनावप्रति लक्षित थियो । चिनियाँ कम्पनी बाइट डान्सले सञ्चालन गरेको मोबाइल एप टिकटक विश्वभर अत्याधिक लोकप्रिय छ ।