विद्युत् नियमित गर्न प्राधिकरणलाई एक हप्ते ‘अल्टिमेट’

विद्युत् नियमित गर्न प्राधिकरणलाई एक हप्ते ‘अल्टिमेट’

खलङ्गा : सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ। भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो। 

पहिला एक दिन आउने एक दिन नआउने गरिरहेको बत्ती दुई सातादेखि आउनै छाडेपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन्। लकडाउन र बन्दाबन्दीले छ महिनादेखि आम्दानी गुमेको बेला बन्दाबन्दी खुल्दा बत्ती नभएर दोहोरो मारमा परेको उद्योगी व्यापारीको भनाइ छ। करिब तीन हजार ३०० उपभोक्ता दैनिक टुकी र मैनबत्ती बालेर गुजारा चलाइरहेका छन्।

मङ्गलबार जुम्लाका उद्योगी व्यापारीले विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’ दिएका छन्। व्यपारीहरूले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई जुम्लामा सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन्। उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जबअलि मनिहार, नेपाल घरेलु तथा सना उद्योग महासङ्घ जुम्लाका अध्यक्ष रामकृष्ण चौलागाईँ, नागरिक समाजका अध्यक्ष राजबहादुर महतद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्राधिकणमा बुझाइएको हो। 

ज्ञापनपत्रमा प्राधिकरण आउनुपहिले उपभोक्ता समितिले गरेको आर्थिक गतिविधिको सार्वजानिक सुनुवाइ हुनुपर्ने, एक हप्ताभित्र नियमित बत्ती आउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ।

यता नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता समितिले जडान गरेको उपकरणमा प्राय समस्या आइराख्ने गरेकाले उपभोक्ताको माग अनुसार विद्युत् आपूर्ति गर्न नसकिएको बताएको छ। उपकरणको पिएलसी सफ्टवेयरमा आएको समस्याका कारण खलङ्गामा भएको लोडसेडिङलाई कम गर्न प्राधिकरणको सिङ्गो टिम लागि परेको प्राधिकरणका जुम्ला प्रमुख गौरव पाण्डेले बताए। उनले भने, 'आम सरोकारवालाको सहयोग पाएको खण्डमा आउने तीन-चार महिनाभित्रै राष्ट्रिय प्रसारण लाइन जुम्लामा जोड्न सकिने अवस्था छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.