पीसीआर परीक्षण गर्न टेकुमा रातभर लाइन (फोटो फिचर)
काठमाडौं : पीसीआर परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अगाडि रातभर सर्वसाधारण लाइनमा बस्न बाध्य भएका छन्। विभिन्न जिल्लाबाट राजधानी भित्रिएका सर्वसाधारण पीसीआर परीक्षणका लागि अस्पताल बाहिर रातभर सुतेर लाइनमा बसेका हुन्।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर उच्च रहेको छ। संक्रमण फैलिएका जिल्लाबाट र नाका बन्द गरिएपनि निर्वाध रुपमा भारतीयहरु आउनेक्रम रहेकाले उपत्यकामा जोखिम बढ्दै गएको हो। लामो समय लकडाउन गर्दा पनि व्यापक टेस्ट र कन्ट्याक ट्रेसिङ गर्न नसक्दा उपत्यकामा दैनिक संक्रमित बढिरहेका छन्। उनीहरूको व्यवस्थापन गर्न नसक्नु नै सरकारको ठूलो कमजोरी हो ।
विभिन्न जिल्लाबाट काठमाडौं आएपछि घरबेटीले पीसीआर परीक्षण नगरी बस्न नदिने भएपछि सर्वसाधरण निशुल्क जाँच गर्न टेकु पुग्ने गरेका छन्। तर भीड व्यवस्थापनमा समन्वय नगर्दा सर्वसाधरणले सास्ती खेप्नुपरेको छ।
अस्पतालमा पीसीआर परीक्षण गर्न स्वाब दिनका लागि लाइन बस्न मध्यरातिदेखि सर्वसाधारणको दौडधुप नै चल्छ। सरकारले भीडभाड गर्न प्रतिबन्ध लगाएको भएपनि भीडमै बसेर परीक्षणको लागि पालो कुर्नुपर्ने अवस्था रहेको छ। मंगलबार राति पनि लाइन लागेर सर्वसाधारण सडक छेउ, कुनामा टाँसिएर पानीबाट जोगिने प्रयास गर्दै पालो कुरिरहेका देखिन्थेँ।
अस्पताल क्षेत्रमा अन्नपूर्णकर्मी दिपेन श्रेष्ठ पुगेर क्यामेरामा कैद गरेका केही तस्बिरहरु