घरघरमा धारा पुगेपछि चैनाबासी दंग

घरघरमा धारा पुगेपछि चैनाबासी दंग

मुगु : जिल्लाको छाँयानाथ रारानगरपालिका-२ चैना गाउँका घरघरमा पानीका धारा जडान भएका छन्। पुस्तौदेखि गाउँबाट १५ मिनेट टाढा रहेको ढुङ्गेधारको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीका धारा पाएपछि दंग भएका छन्।

छाँयानाथ रारा नगरपालिका-२ चैना गाउँमा ४५ घरधुरी छन् । पुस्तौदेखि सबै ४५ घरधुरीहरु गाउँदेखि १५ मिनेट टाढा रहेको चैना खोलामा रहेको ढुङ्गेधाराको खानेपानी
प्रयोग गर्दै आएका थिए । 

गाउँमै खाने पानी अभाव भएपछि छाँयानाथ रारा नगरपालिका र युनिसेफको आर्थिक सहयोगमा हिमाली ग्रामिण युवा समाज विकास   केन्द्र (हिसिडेक) मुगुले धारा निमार्ण गरेपछि ४५ घरधुरी चैनाबासीले घरघरमा धारा पाएका हुन् ।

छाँयानाथ रारा नगरपालिकाले ११ लाख ५० हजारमा सोही नगरपालिका-५ मुन्दुमा रहेको इन्टेकबाट आरसिसी टयाङ्की सम्मको पाइपलाई निमार्ण गरेको थियो । युनिसेफको आर्थिक सहयोगमा हिसिडेक मुगुले १२ हजार क्षमता भएको आरसिसी टयाङ्कीसहित  ४५ घरधुरी र दुई सार्वजनिक एक संस्थागत गरी ४८ खानेपानीको धारा निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको हो। स्थानीयले आ-आफना खानेपानीका धारा उपभोग गर्न सुरु गरेको चैना गाउँ एक घर एक धारा निमार्ण उपभोक्ता समितिका अध्यक्ष मानप्रसाद चौलागाईले बताए  ।

घरघरमा धारा निमार्ण भएपछि सबैभन्दा सहज गृहिणीहरुलाई भएको छाँयानाथ रारा नगरपालिका-२ कि बिजया हमालले बताइन् । प्रत्येक घरमा खानेपानीको धारा निमार्ण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीका धारा निमार्ण भएपछि चैना गाउँलाई जिल्लामै पहिलोपटक  सुरक्षित खानेपानीयुक्त समुदाय निमार्ण घोषण गर्ने तयारी समेत भइरहेको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मिनबहादुर रावलले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.