किट अभावमा बीपीमा पीसीआर बन्द, बिरामीको शल्यक्रिया रोकियो

किट अभावमा बीपीमा पीसीआर बन्द, बिरामीको शल्यक्रिया रोकियो

धरान : कोरोना भाइरस संक्रमण परीक्षण किट अभावका कारण प्रदेश १ को बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण बन्द भएको छ । संघीय सरकार र प्रदेश सरकारले पीसीआर परीक्षणमा आवश्यक किट उपलब्ध नगराएका कारण प्रतिष्ठानमा गरिँदै आएको पीसीआर परीक्षण तीन दिनदेखि बन्द भएको छ । 

पीसीआर परीक्षण नहुँदा प्रतिष्ठानमा उपचाररत बिरामीको शल्यक्रिया समेत रोकिएको छ । सिकिस्त बिरामीको शल्यक्रिया रोकिएपछि बिरामीको ज्यान जोखिममा परेको भन्दै पीडितले तत्काल पीसीआर परीक्षण गर्न र शल्यक्रिया सेवा सुचारु गर्न सरकारसँग माग गरेका छन् । 

प्रतिष्ठानको आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी , प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका बिरामीको शल्यक्रिया रोकिएको छ । प्रतिष्ठानमा पीसीआर परीक्षण रोकिएपछि दुर्घटनामा परेका र इमेरजेन्सी शल्यक्रिया गर्नुपर्ने बिरामी बढी जोखिममा परेका छन् । 

प्रतिष्ठानमा भर्ना भएका सयौं बिरामीको पीसीआर परीक्षण नभएका कारण शल्यक्रिया हुन नसकेको प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख डा. पसुपती चौधरीले बताए । उनले शल्यक्रिया गर्न प्रतिष्ठान भर्ना भएका बिरामीको अनिवार्य पीसीआर रिपोर्टलाई अनिवार्य गरेको बताए । डा. चौधरीले पीसीआर परीक्षण नभएकै कारण प्रतिष्ठानको हाडजोर्नी विभाग र आकस्मिक कक्षमा भर्ना भएका दर्जनौं बिरामीको शल्यक्रिया रोकिएको जानकारी दिए । 

शल्यक्रिया नहुने भएपछि प्रतिष्ठानबाट घर फर्किँदै संखुवासभाको सभापोखरी गाउँपालिकाकी प्रभा लिम्बू । तस्बिर : रत्नप्रसाद आचार्य

पीसीआर परीक्षण नभएका कारण प्रतिष्ठानको प्रसूति वार्डमा भर्ना भएका महिलाको समेत शल्यक्रिया रोकिएको प्रतिष्ठानको युनिट १ का इन्चार्ज डा. रोहित रिजालले बताए । प्रतिष्ठानमा पत्थरीको शल्यक्रिया गर्न आएकी संखुवासभा सभापोखरी गाउँपालिकाकी २६ वर्षीय प्रभा लिम्बूले पनि पीसीआर परीक्षण नभएका कारण आफ्नो पनि शल्यक्रिया रोकिएको गुनासो गरिन् ।

उनले तत्काल पीसीआर परीक्षण गरी शल्यक्रिया गर्ने वातारण मिलाइ दिन सरकारसँग माग गरेकी छिन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले संघीय सरकार र प्रदेश सरकारले किट नपठाएका कारण पीसीआर परीक्षण बन्द भएको र शल्यक्रिया समेत प्रभावित भएको बताएका छन् । 

उनले प्रतिष्ठानमा किट अभाव भएपछि तत्काल उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयसँग माग गरिएको भएपनि उपलब्ध नभएको बताएका छन् । प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले निःशुल्क गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको र किट उपलब्ध भएपछि प्रति व्यक्ति २ हजार शुल्क लिएर मात्र परीक्षण गर्ने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.