महिलालाई स्वदैशमै रोजगारीमा प्राथमिकता : मन्त्री गुरुङ
काठमाडौं : महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङलै महिलालाई स्वदैशमै रोजगारीमा प्राथमिकता दिने बताएका छन् । नेपाल वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको 'वैदेशिक रोजगारीमा समस्यामा परी फर्केका महिला' विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बौल्दै मन्त्री गुरुङलै महिलालाई वैदेशिक रोजगारीमा भन्दा स्वदेशमै रोजगारीमा प्राथमिकता दिने बताए ।
अन्तर मन्त्रालय समन्वय गरी स्थानीय तहमै रोजगारी सिर्जना गर्न सरकारलै प्राथमिकता दिनै उनको भनाइ छ । 'हरेक पालिकामा महिला उद्यमशील केन्द्र स्थापना भएका छन्, 'उनले भने, 'केन्द्रमार्फत तालिम दिने र उद्यमी बनाउनसम्म सहयोग गर्ने यौजना छ ।'
वैदेशिक रोजगारीबाट फर्केका सुत्कैरी, गर्भवती महिलालाई बहिष्कृत र तिरस्कृत कसेले पनि गर्न नहुनै उनले बताए । 'विदेश जान बाध्य पार्नेलाई कारवाही गर्नुपर्छ' उनलै भने । विदैशबाट फर्कैका महिलाकौ उत्थानका लागि एकीकृत सामाजिक विकास ऐनले सघाउने उनको भनाइ छ ।
वैदेशिक रोजगारीबाट फर्केका महिलाकौ सामाजिक सुरक्षाका लागि सामाजिक संघसंस्थासँग मिलेर सशक्त र प्रभावकारी कार्यक्रम बनाइनै उनले बताए । 'कोही पनि नेपाल फर्कदा असुरक्षित हुनुपर्दैन, 'उनलै भने, 'उनीहरुको व्यवस्थापन सरकारलै गर्छ ।' परनिर्भरता हटाएर आर्थिक सशक्तीकरण गराउन सकै महिलालाई वैदैशिक रौजगारीमा जाने अवस्था नआउने उनले बताए ।
पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले महिलालाई सरकारलै घरेलु कामदारमा विदेश जान प्रतिबन्ध लगाएकाले महिला बढी समस्यामा परेको बताइन् । 'घरेलु कामदार खुला गरे मानसिकरुपमा तयार भएर जान पाउँछन्,'उनले भनिन्,'प्रतिबन्ध खुलाउनुको विकल्प छैन ।'