कोरोना संक्रमित उपप्राध्यापकको मृत्यु

कोरोना संक्रमित उपप्राध्यापकको मृत्यु

राजविराज : कोरोनाबाट संक्रमित सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापकको मृत्यु भएको छ। राजविराज नगरपालिका–९ पुख्र्यौली घर भई हाल राजविराज–७ हटियास्थित घरमा बसिरहेका ६३ वर्षीय पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

ज्वरो, खोकी र श्वासप्रस्वासमा समस्या देखिएपछि मोरङ्गको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि बिहीबार धरानस्थित वि. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए। भेण्टिलेटरमा राखेर उपचार भइरहेका उनको शानिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए। 

कोरोना संक्रमित उनलाई धरानस्थित प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। शव व्यवस्थापनको तयारी भइरहेको निमित्त कार्यालय प्रमुख यादवले जानकारी दिए।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। जसमा २ जना महिला छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.