चीनको हुआवे कार्यालयमा आगजनी, तीन कर्मचारीको मृत्यु

चीनको हुआवे कार्यालयमा आगजनी, तीन कर्मचारीको मृत्यु

बेइजिङ : चिनियाँ सहर दोङगुआनस्थित हुआवे कम्पनीको एक अनुसन्धान केन्द्रमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीका अनुसार चिनियाँ कम्पनी हुआवेले हालै एक नयाँ अनुसन्धान सुरु गरेको थियो । तर शुक्रबार अचानक उक्त भवन आगो र धुवाँको मुस्लोले भरियो । सोंगसान लेकस्थित यस औधोगिक क्षेत्रमा हुआवेको भवनमा आगजनी हुँदा धुवाँको मुस्लोले बादलको रुप लिएको थियो ।

आगजनीपछि घटनास्थलबाट कामदारहरुको उद्धार भएको थियो । तीनजना भने भवनभित्रै मृत अवस्थामा भेटिएका हुन् । उनीहरु सोही कम्पनीका कामदार भएको पनि पहिचान खुलेको छ ।

घटनापछि १ सय ४० अग्नि नियन्त्रकको टोली त्यहाँ पुगेको थियो । सेतो रंगको भवनमा आगलागी भएको भिडियो भने चिनियाँ टेलिभिजन सिसिटिभीबाट पनि सार्वजनिक भएको छ । हुआवेले भने विज्ञप्ति निकाल्दै उक्त भवन सिटलबाट निर्मित भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.