रहेनन् पूर्व सांसद राय

रहेनन् पूर्व सांसद राय

राजविराज : नेपाली कांग्रेस सप्तरीका पूर्व सभापति एवम् प्रतिनिधि सभाका पूर्व सदस्य हरीप्रसाद रायको ८२ बर्षको उमेरमा निधन भएको छ। मृगौला, मुटु र अल्सर रोगबाट पीडित अमातको उपचारका क्रममा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएराति मृत्यु भएको उनका नाती रबी रायले जानकारी दिए।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरही घर भएका उनी २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र- ३ बाट निर्वाचित भएका थिए। राजविराज नगरपालिकासमेत रहेको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभामा निर्वाचित हुँदा उनले ११ हजार २५१ मत ल्याएका थिए। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रायले २०१५ सालमा कांग्रेसको सदस्यता प्राप्त गरेका थिए।

उनी कांग्रेस सप्तरीको २०३६ र २०४५ सालमा जिल्ला अध्यक्ष थिए। सत्याग्रहको समयमा विभिन्न जेलमा चार महिना र जनआन्दोलनमा समेत दुई महिना जेल परेका राय पञ्चायतकालमा आठ वर्ष भारतमा निर्वासित थिए।

सप्तरीबाट प्रतिनिधी सभामा निर्वाचित राय सोही प्रतिनिधी सभामा सर्लाहीबाट निर्वाचित कांग्रेसका नेता महन्थ ठाकुरसँग नजिक थिए। कांग्रेस परित्याग गरेर तमलोपा गठन गरेका ठाकुरकै नेतृत्वमा राय पनि केन्द्रीय सदस्य बनेका थिए।

तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा समेत सक्रिय रहेका रायको निधनमा जसपा नेपालका नेता तथा सांसद बृषेश चन्द्र लालले शोक सन्देश जारी गर्दै सोमबार श्रद्धाञ्ली व्यक्त गरेका छन्। 

रायको शवलाई उनको जेठा छोरा विजयकुमार रायले सोमबार दागबत्ती दिएर गाउँमै अन्त्येष्टि गरिएको छ। उनका एक श्रीमति दुई छोरा र दुई छोरी छन्। जेठा विजय शिक्षक छन् भने कान्छा प्रमोद चिकित्सक छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.