कोरोनाबाट थप ४ को मृत्यु : मृतकको संख्या ४८१ पुग्यो

कोरोनाबाट थप ४ को मृत्यु : मृतकको संख्या ४८१ पुग्यो

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

जागेश्वर गौतमले जानकारी दिए। 

सुनसरीमा ३८ वर्षीया महिला, भक्तपुरमा ५१ वर्षीया महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुष गरी जम्मा ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

१९ हजार ६३४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा  १०
हजार ९२९ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ३१० जना रहेका छन्। 

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १० हजार ८० नमूनाको पीसीआर परीक्षण भएको छ। ७४२ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले
जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। यो प्रतिशत ७३ दशमलव ३ हो।

आइसीयूमा २२५ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको छ। हालसम्म ४८१ जनाको मृत्यु भएको छ।
सोमबार मात्रै ४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.