उपत्यकामा कोरोनाबाट एकको मृत्यु, ८१७ जनामा संक्रमण

उपत्यकामा कोरोनाबाट एकको मृत्यु, ८१७ जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९ ) बाट एक जनाको मृत्यु भएको छ भने ८१७ जनामा संक्रमण देखिएको छ। भक्तपुरकी ५१ वर्षीया एक महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ६४९, भक्तपुरका ३६ र ललितपुरका १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९ ) बाट ५ जनाको मृत्यु र ८०९ जनामा संक्रमण देखिएको थियो। काठमाडौंका ६३३ , भक्तपुरका ७२ र ललितपुरका १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। १९ हजार ६२४ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन्।

पछिल्लो २४ घण्टामा ७४२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.