उपत्यकाको सुरक्षा केन्द्रले हेर्ने

उपत्यकाको सुरक्षा केन्द्रले हेर्ने

काठमाडौं : काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी केन्द्रीय प्रहरी मातहत आएको छ। नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेशमा यससम्बन्धी व्यवस्था गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार उक्त अध्यादेश जारी गरेकी छन्। यसअघि उपत्यकाका तीनै जिल्ला प्रहरी कार्यालय बागमती प्रदेश मातहत रहनुपर्ने विषय प्रस्ट थिएन। यद्यपि, संघीय राजधानी सुरक्षाको जिम्मेवारी प्रदेशलाई दिँदा समस्या हुन सक्ने निष्कर्षका आधारमा ऐन संशोधन गरिएको हो।

डीआईजीले कमान्ड गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नाम फेरिएर संघीय राजधानी प्रहरी कार्यालय बनेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको नाम पनि संघीय राजधानी अपराध अनुसन्धान कार्यालय भएको छ। यसका ८ वटा शाखा कार्यालय रहने व्यवस्था छ। सबै कार्यालयमा डीएसपीको नेतृत्व रहनेछ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.