पोखरा-जोमसोम हवाई उडानका लागि पहल सुरु

पोखरा-जोमसोम हवाई उडानका लागि पहल सुरु

जोमसोम : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण विगत ७ महिना अघिबाट प्रभावित बनेको पोखरा-जोमसोम हवाई उडान पूनः सूचारु गराउन पहल भएको छ ।

यसका लागि मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टसहितको टोलीले सोमबार तारा एयरलाइन्स र समिट एयरलाइन्स् कम्पनीलाई पोखरामा यस्तो प्रस्ताव बुझाएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असोज १ गते देखि मुलुकभर आन्तरिक हवाई उडान तथा लामोदुरीको यातायात आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नसक्ने जनाए पनि पोखरा-जोमसोम हवाई उडान अझै सञ्चालनमा आउन नसकेको हो ।

यस्तै, बाढी-पहिरो र नदी कटानका कारण बेनी-जोमसोम लामोदुरीको यातायात सेवा सञ्चालन गर्न अप्ठ्यारो पर्दै आइरहेको छ । प्राकृतिक प्रकोपका कारण निरन्तर सडक अवरुद्ध हुने गरेको र हवाई सेवा समेत ठप्प भएकाले अतिआवश्यक कामकाजका लागि मुस्ताङ आउजाउ गर्ने स्थानीय यात्रु तथा यहाँका जटिल अवस्थाका बिरामीलाई थप उपचारका लागि पोखरा लैजान समस्या परेको छ ।

सरकारको निर्णय बमोजिम मुस्ताङमा पनि हवाई उडान सञ्चालनमा ल्याउन सोमबार एयरलाइन्स कम्पनीका पोखरा प्रतिनिधिबीच छलफल तथा प्रस्ताव पेश गरिएको थियो ।

पोखरामा भएको छलफलमा संघीय सांसद तुलाचन र प्रदेश सांसद बिष्टले ताराएयर कम्पनीका पोखरा कार्यालय प्रमुख राम लामिछाने र समिट एयर कम्पनी पोखराका कार्यालय प्रमुख पोषण त्रिपाटी लगायतसँग हवाई उडान सूचारु गराइदिन प्रस्ताव गरेका हुन् ।

मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचनले स्थानीय जनतको सुविधाकै लागि भएपनि अहिलेको अवस्थामा पोखरा-जोमसोम हवाई सेवा सञ्चालन गर्न आवश्यक भएको बताए । 

हवाई सेवा सञ्चालनबिहीन हुँदा मुस्ताङी जनताले बिरामी उपचार र अतिआवश्कीय कामकाजका लागि विभिन्न समस्या झेल्नु परेको सांसद तुलाचनले सुनाए ।कोरोना त्रासले अर्थतन्त्र धरासयी हुँदै गइरहेकोतर्फ इंगित गर्दे सांसद तुलाचनले अब आवश्यक सुरक्षा अपनाएर विस्तारै अर्थतन्त्र चलाएमान बनाउन हवाई उडान आवश्यक भएको बताए ।

सांसद तुलाचनले दैनिक एकै उडान भएपनि काठमाडौं-जोमसोम र जोमसोम-पोखरा-काठमाडौं उडान भर्नुपर्ने प्रस्ताव निजी वायुसेवा कम्पनीलाई प्रस्ताव बुझाएको उल्लेख गरे ।यस्तै ,अर्को गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले अहिलेको अवस्थामा कोरोना कहरसँग लड्दै विस्तार व्यवसाय सञ्चालनमा ल्याउन आवश्यक भएको बताए । 

उनले कोरोना महामारीको अन्त्य कहिले हुने हो त्यो निश्चित नभएको उल्लेख गर्दै सधैभरी कोरोना त्रासमा बसिरहेमा रोगले भन्दा भोकले मान्छे मर्नसक्ने बताए ।'अहिले व्यवसाय संकटमा परिरहेको छ ।अब पनि त्रास बसियो भने अनेक समस्याले बिपत् निम्त्याउन सक्छ, 'उनले भने, 'अब विस्तारै संकट परेका व्यवसायीलाई मलम लगाउन हवाई सेवा सञ्चालनको विकल्प छैन ।’

यता तारा एयरलाइन्स कम्पनी पोखरा कार्यालयका प्रमुख राम लामिछानेले पोखरा-जोमसोम हवाई उडान सूचारु गर्न मुस्ताङका सांसद तथा जनप्रतिनिधिसँग छलफल भएको जानकारी दिए । 'सांसद ज्यूहरुले हवाई सेवा सञ्चालन गर्नुपर्ने प्रस्ताव हामीलाई राख्नुभयो, 'उनले भने, 'उहाँहरुको प्रस्ताव कम्पनीलाई पठाएका छौं ।' उनले पोखरा-जोमसोम हवाई सञ्चालन गर्ने वा नगर्ने निर्णय कम्पनीको जवाफ आएपछि मात्र भन्न मिल्ने जानकारी दिए ।

होटल सञ्चालन गर्ने विषयमा मुस्ताङका होटल व्यवसायी अलमलमा

मुस्ताङका होटल व्यवसायी यतिबेला होटल खोल्ने विषयमा अलमलमा परेका छन् ।सरकारले आन्तरिक उडान तथा लामोदुरीको यातायात खुल्ला गरेको भएपनि यी दुबै सेवा सूचारु भएको छैन । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जानका लागि पास चाहिने व्यवस्था पनि हटाइसकेको छ ।

कोरोना कहरकैबीचमा दसैं-तिहार जस्ता महत्वपूर्ण चाडपर्व पनि नजिकिदै छन् । यसै सन्दर्भ सरकारले सेवा खुल्ला गरेको अवस्थामा मुस्ताङमा पर्यटक आउनसक्ने अवस्था रहेकाले जिसस मुस्ताङले जिल्लाका ५ वटै पालिकालाई होटल खोल्ने नखोल्ने अवस्थाको निर्णय पठाउन स्थानीय तहलाई जिम्मा दिएको छ । तर,होटल खोल्ने विषयमा अझै जिससलाई निर्णय बुझाएका छैनन् ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा-१ मा स्थानीय गाउँसमाजले अहिलेको अवस्थामा तत्कालै होटल खोल्न नहुने जनाएको छ । मुक्तिनाथ रानीपौवा गाउँसमाजसहितको टोलीले पालिकाभित्र पुरै होटल खोल्न नहुने प्रस्ताव लिएर गाउँपालिकामा डेलिकेसन गयो । उनीहरुले कोरोना संक्रमण बढेको र अबको २ महिनापछि अफसिजन सुरु हुने भएकाले क्षणिक समय अवधिका लागि होटल खोल्न नहुने जनाएको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए । तर ,कागबेनी गाउँसमाजले बैठक नै बसेर आवश्यक सुरक्षा मापदण्ड अपनाएर होटल खोल्न सहमत भएको गापाका सूचना अधिकारी सूर्य तिमिल्सिनाले जानकारी दिए । यस्तै ,मुस्ताङ उद्योग बाणिज्यसंघका अध्यक्ष एवं होटल एसोसियसनका अध्यक्ष खगेन्द्र तुलाचले रिपोर्टका आधारमा राख्न सकिने व्यक्तिगत धारणा रहेको प्रष्ट्याए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.