भक्तपुरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्‍चालनमा

भक्तपुरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्‍चालनमा

भक्तपुर : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भक्तपुरमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको छ । करिब तीन करोड लगानीमा भक्तपुर नपा १० मूलढोकामा उक्त स्टोर सञ्चालनमा ल्याइएको हो ।

स्टोरमा प्रारम्भिक चरणमा आठ सयभन्दा बढी उत्पादन तथा वस्तु राखिएको संस्थाका मुख्य प्रवन्धक लीलानाथ गौतमले जानकारी दिए । स्टोरमा करिब दुई हजार थरि उत्पादन तथा वस्तु उपलब्ध गराइने उनले स्पष्ट पारे ।

'उपभोक्ताको माग र रोजाइअनुसार स्टोरमा वस्तु तथा उत्पादन बढाउँदै लान्छौं’, मुख्य प्रवन्धक गौतमले भने, 'त्यसको लागि उपभोक्ताहरुको माग र रोजाइको लागि सर्वे गर्ने व्यवस्था पनि गरेका छौं ।'

स्टोरमा खाद्यान्न, पेयपदार्थ, साबुन तथा स्याम्पू, भान्छाका सामान, बालबालिकाको लागि खेलौना तथा लुगाफाटो, नूनतेल, चिनीसहित ८ सय किसिमका उत्पादन तथा वस्तु उपलब्ध रहेका छन् ।

अरु पसलमा भन्दा ५ देखि ७ प्रतिशत सस्तोमा उपभोक्तालाई वस्तु बिक्री वितरण गरिने स्टोरले जनाएको छ । त्यस्तै नजिकिँदो दसैंतिहारलाई लक्षित गरेर उपभोक्तालाई विशेष अफरको व्यवस्था गर्न लागिएको मुख्य प्रवन्धक गौतमले सुनाए ।

'एउटै छानामुनि उपभोक्तालाई गुणस्तरीय सामान उपलब्ध गराउने हाम्रो उद्देश्य हो’, उनले थपे, 'उपभोक्ताले हामीकहाँबाट सुलभ तरिकाले अन्यत्रभन्दा सस्तो दाममा सामान पाउनुहुनेछ ।'

सहकारीले सञ्चालन गरेको हुनाले व्यक्तिगत वा निजी रुपमा चलेका स्टोरले जस्तो गार्डेन मार्टले मूल्यमा बढी मार्जिन नराख्ने उनको भनाइ थियो । मुख्य प्रवन्धकले सुदूर पश्चिमको डडेलधुरापछि संस्थाले भक्तपुरमा दोस्रो स्टोर सञ्चालनमा ल्याएको बताए ।

सहकारीका प्रवन्धक रमेश खाइजूले यो वर्षभित्र देशभर थप ५० वटा डिपार्ट मेन्टल स्टोरसञ्चालनमा ल्याउने शिवशिखर सहकारीको लक्ष्य रहेको जानकारी दिए । जसअनुसार यहीं कार्तिकभित्र दाङको तुलसीपुर, काठमाडौंको कीर्तिपुर, बुढानिलकण्ठ, धापासी, ललितपुरको थैब, भक्तपुरको बालकोट र कास्कीको पोखरामा २ वटा थप मार्ट सञ्चालन आउने उनको भनाइ थियो ।

उनले प्रत्येक मार्टमा गार्डेन (बगैंचा) को व्यवस्था गर्ने उद्देश्यसहित नामसमेत गार्डेन मार्ट राखिएको स्पष्ट पारे । 'किनमेल गरिसकेपछि उपभोक्ताले थप केही समय मार्टमा रहेको बगैंचामा बिताएर आनन्दको अनुभूति गरोस् भन्ने हाम्रो उद्देश्य हो,' प्रवन्धक खाइजूले भने, ‘यसले किनमेल गर्न सिंगो परिवार नै सहभागी हुने विश्वास लिएका छौं ।'किनमेलमा सबै परिवारका सदस्यको सहभागिता हुने भएकाले पनि महिला, पुरुष र बालबालिका लक्षित उत्पादन तथा वस्तु मार्टमा व्यवस्था गरिएको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.