यो पोखरी होइन सडक हो !

यो पोखरी होइन सडक हो !

गुलरिया : भारतीय सीमा मूर्तिहा देखि पूर्वपश्चिम राजमार्ग भुरीगाउँ जोड्ने निर्माणाधीन कालोपत्रे हुलाकी सडक निर्माणको लामो समय बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानियहरु सास्ती खेप्न बाध्य छन्। सडक निर्माणको अन्तिम चरणमा रहे पनि निर्माण कार्य अलपत्र भएको छ।

गुलरिया नगरपालिका-६ भन्सार रोड निवासी दीपचन्द भुजुवा सडक निर्माणको कार्य अलपत्र हुँदा बजारको अवस्था फोहर देखिएको बताउँछन्। सडक किनारामा पानी तालिएपछि घर बाहिर निस्कन मुस्किल हुने बताए। सडक बन्ने काम रोकिएको छ। ढल पनि समयमै निर्माण हुन सकेन। भुजुवाले भने घरवाहिर सडकमै माछा पोखरी जस्तै पानी हुन्छ। बजारका घरहरुबाट निस्किएको पानी र आकासबाट परेको पानी सडकमै जमेर हैरान भयौं। पानी जमेर लामखुट्टे समेत बढेको छ। उनले थपे सम्वन्धित निकायमा पटक पटक भन्दा पनि कुनै सुनुवाई भएन।

पानी जमेका साना तथा खुला खाल्टा-खुल्टीमा साईकल, मोटरसाईकललगायत मानिसहरु चिप्लिएर लड्ने गर्छन् स्थानीय व्यवसायी मतिन अहमद ईद्रिसीले बताए। उनका अनुसार लामो समय भइसक्दा पनि सडक नबन्दा व्यापारी तथा ग्राहक दुवैलाई समस्या भएको छ। बजारको सुन्दरता नै गुमेको छ। सडकको र्दुदशा हुँदा ब्यापार ब्यवसाय पनि हुँदैन। सडकमा पानी जमेर फोहर भएकाले ग्राहकहरु पनि आउन त्यती मन गर्दैनन्। जतिसक्दो चाँडो सडक निर्माणको काम पूरा गरीदिनु पर्यो ईद्रिसीले माग गरे।

गुलरिया नगरपालिकाले जिल्ला प्रहरी कार्यालय बर्दिया चोकदेखि भन्सार तथा डिभिजन वन कार्यालयसम्म दुईतर्फी ढल निर्माण गरीरहेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बताए। 'दसैं तिहार पछि ढल निर्माणको काम सम्पन्न हुन्छ। त्यसपछि समस्या समाधान भैहाल्छ' उनले भने 'सडक देखि दुवैतर्फ १२/१२ मिटरमा ढल निर्माण भैरहेको छ। अतिक्रमण हटाउन भनेको बेला बजारवासीले सडकका अतिक्रमण हटाईदिएको भए अहिले सम्म सडक समेत कालोपत्रे भैसक्थ्यो।' मेयर यादवले थपे ढल निर्माणपछि सडकमा पानी जम्ने समस्या पूर्ण रुपमा समाधान हुन्छ। त्यसपछि सडक निर्माणको काम शुरु हुन्छ। हामीले ठेकेदार कम्पनीसँग निरन्तर कुराकानी गरिराख्या छौं।

मूर्तिहा-गुलरिया-भूरिगाउँ हुलाकी सडकखण्डको निर्माण कार्य लामो समयदेखि भैरहे पनि गुलरियाको डिभिजन वन कार्यालयदेखि भन्सारसम्मको काम पूरा हुन सकेको छैन। ढोडरी-भूरिगाउँ सडकखण्डको निर्माण कार्यपनि पूराहुन सकेको छैन। सडक कार्यालय लगायत निर्माण कम्पनीलाई बोलाएर स्थानिय प्रशासनले पनि सडक पुरा गर्न निर्देशन दिएको छ। केही दिन अघि सम्वन्धित निकाय तथा निर्माण कम्पनी लाई डाकेर स्थानीय प्रशासनले सडक निर्माण सम्बन्धमा छलफल गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। चाँडै सडक पूरा गर्न हामीले निरन्तर निर्माण कम्पनीलाई ताकेता गरेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.