अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले चासो दिएनन्

अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले चासो दिएनन्

गुल्मी : चार दिनदेखि रिडी-रुद्रावेणी सडक अवरुद्ध छ। गत आइतबार रुरुक्षेत्र गाउँपालिका-१स्थित विष्णुपञ्जरमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय सुन्दर भण्डारीले जानकारी दिए। उनका अनुसार पहिरो गएको चार दिन वितिसक्दा समेत सम्बन्धित निकायले चासो नदिँदा पहिरो हटेको छैन‍्।

पटक-पटक सोही ठाउँमा पहिरो जाँदा उक्त सडक भएर हिँड्ने यात्रुले हैरानी खेप्नु परेको भण्डारीको भनाई छ। स्थानीयका अनुसार सम्बन्धित वडा र गाउँपालिकाले चासो नदिँदा पहिरो गएको लामो समयसम्म सडक खुल्न सकेको छैन्।  यस सडक भएर हिड्ने दैनिक सयौंको संख्याका सवारी साधन अवरुद्ध सडकका कारण ठप्प भएका छन्। रिडी हुँदै जिल्लाको रुद्रावेणी, खैरेनी, वामीटक्सार र बाग्लुङको बुर्तिवाङसम्म यो सडक भएर यात्रु हिँड्ने गर्दछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.