बालगोपालेश्वर मन्दिरमा विधिवत रुपमा गजुर राखिदै (फोटो फिचर)
काठमाडौं : रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा विधिवत रुपमा गजुर राखिदै छ । मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा बिहीबार गजुर स्थापना गर्न लागिएको हो। ०७२ वैशाखमा आएको भूकम्पले क्षति गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालै मात्रै रानीपोखरीमा तीन करोड २२ लाख लिटर पानी राखिएको छ।
गजुर राखिएसँगै मन्दिर यो वर्षको तिहारमा खुला हुने भएको छ । विगत पाँच वर्षदेखि बालगोपालेश्वर मन्दिर बन्द थियो। पुनर्निर्मित रानीपोखरीको उदघाटन पनि राष्ट्रपतिबाटै गराउने सरकारको योजना छ ।
यसअघि पनि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माणको काम सकिँदै छ।