कोठामा मृत भेटिएकी महिलामा कोरोना पुष्टि

कोठामा मृत भेटिएकी महिलामा कोरोना पुष्टि

सुर्खेतः सुर्खेतमा मृत भेटिएकी एक महिलामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरस्थित पीपीरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया महिला मंगलवार मृत भेटिएकी थिइन् । कोठामै मृत भेटिएकी उनको बुधबार स्वाव परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालयका सुर्खेतका अनुसार उनको स्थायी घर सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर १ हो । उनी वीरेन्द्रनगर–११ पीपीरामा कोठा भाडामा बस्दै आएकी थिइन् । कोठामै मृत भेटिएपछि उनको शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको थियो । पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वाब परीक्षणपछि बुधबार पोजिटिभ रिपोर्ट आएको हो। मृतक महिलाको बिहीबार दाहसंस्कार गरिएको छ । नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । 

योसँगै सुर्खेतमा कोरोना पोजिटिभ देखिएका मृतकको संख्या तीन पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा मृत्युअघि र मृत्युपछि कोरोना पुष्टि भएर ज्यान गुमाउनेको संख्या सात पुगेको छ । जसमा सुर्खेत र दैलेखमा तीन/तीन जना र डोल्पाका एक जना छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.