कोरानाले रोकिएको कर्मचारीको भर्ना खुल्यो
काठमाडौं : सरकारले रोकिएको लोकसेवा आयोगद्वारा सञ्चालित सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले लोक सेवाबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आह्वान गर्न बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्ति सम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिस कर्मचारी भर्ना कार्या सुचारु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञावालीले जानकारी दिए ।
वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को कारण कर्मचारीको नयाँ पदपूर्तिको प्रक्रिया अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गर्न लोकसेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
लोकसेवा आयोगले रोकिएका परीक्षाको कार्यतालिका निकाल्न सुरु गरिसकेको छ ।