प्रदेश १ मा १२७ जना संक्रमित थपिए, १६६ डिस्चार्ज
विराटनगर : २४ घण्टामा प्रदेश १ मा १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो। शुक्रबार थपिएका संक्रमित मध्ये मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेर्हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ को राजधानी विराटनगरमा १ सय २३ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन्।
यस्तै मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।
उता सुनसरीमा इटहरीमा २ महिला ७ पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ।
झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १–१ पुरुष, ते¥हथुमको छथरमा १ महिला स्थानीय तह नखुलेका १ पूरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ।
प्रदेश १ मा शुक्रबार १ सय ६६ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन्। हाल सम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन्।
प्रदेश १ मा शुक्रबार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।
हाल सम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।