नमूना पर्यटकीय गाउँ मार्फामा विद्युतीय तार भूमिगत गरिँदै

नमूना पर्यटकीय गाउँ मार्फामा विद्युतीय तार भूमिगत गरिँदै

जोमसोम : 'क्या राम्रो स्याउबारी मार्फा गावैमा' बोलको यो गीतको शब्दरचना स्वः कवयत्री बसन्ती लालचनले करिब डेढ दशकअघि गरेकी थिइन् । मार्फा गाउँलाई स्याउ बगैचासँग जोडेर सांगीतिक लयमा प्रस्तुत गरिएको उक्त गीतले निकै प्रख्याती कमायो ।

हिमाली जिल्ला मुस्ताङको स्याउ उत्पादनले सबैभन्दा लोकप्रिय गाउँका रुपमा मार्फा अग्रस्थानमा आउँछ । स्याउ बगैचा र मार्फाबीचको ऐतिहासिक,धार्मिक र सांस्कृतिक सम्बन्ध जोड्ने काममा 'क्या राम्रो स्याउबारी मार्फा गावैमा' बोलको गीतले मार्फा गाउँप्रतिको क्रेज ह्वात्तै बढाइदियो ।त्यसपछि त गीत सुनेका सबै मुस्ताङ आउँदा मार्फा गाउँको सौन्दर्यता र त्यहाँको सबैपक्षलाई नजिकबाट नियाल्न थाले ।

आन्तरिक तथा बाह्य पर्यटकको आर्कषक केन्द्रबिन्दु बनेको पर्यटकीय गाउँ मार्फाको मुख्य आम्दानी श्रोत कृषि र पर्यटन नै हो ।मुस्ताङका ९६ गाउँ बस्तीमध्ये ऐतिहासिक ,धार्मिक र साँस्कृतिक सम्यताले नितान्तै पृथक छ मार्फा ।

मार्फाली समुदायको मुल बस्ती मार्फा गाउँको मुख्य विशेषता भनेकै सांस्कृतिक रुपमा सिङ्गारिएका एकआपसमा गुजुमुच्च जोडिएका सख्खर माटोले बनेका ऐतिहांसिक घरनै हुन् । सख्खर माटोले सजाइएका सांस्कृतिक घरको छत माथि लस्करै सजाइएका दाउराले पर्यटक नलोभ्याउने त कुरै भएन ।यसका अलावा पुराना गुम्बा ,छोर्तेन र पहाडमा कुदिएका कलात्मक वस्तुले मार्फा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । यहाँ अधिकाश थकाली र केही दलीत समुदायको बस्ती छ । मार्फामा झन्डै २ दर्जन पर्यटक लक्षित होटल छन् । मार्फालीले स्याउ बिक्री गरी बर्सेनि लाखौ रुपैया आम्दानी गर्छन भने पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिएका छन् ।

अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ आउने पर्यटक होस वा हिमाल आरोहरण गर्न आउने पर्वतारोही होस् ,अधिकांश पर्यटक १÷२ रात मार्फामै बिताउने गर्छन । यसका अलावा मुक्तिनाथ र लोमान्थाङ पुग्ने पर्यटक पनि मार्फा गाउँ घुम्न छुटाउँदैनन् । काठमाडौंको ठमेल र पोखराको लेक साईडको दुरुस्तै झल्को दिलाउने मुस्ताङको पर्यटकीय गाउँ मार्फा पुग्ने पर्यटक त्यहाँको स्याउबारी तथा सांस्कृतिक सम्पदा नियालेर मख्ख पर्छन । पछिल्लो समय स्वदेशी तथा विदेशी चलचित्रको छांयाङ्कन स्थल समेत बनेको छ मार्फा ।

पछिल्लो समय मार्फा गाउँको सौन्र्दयीकरणका लागि मार्फाली समुदाय कस्सिएर लागिपरेका छन् । मार्फाली समुदायको मागलाई मध्ययनजर गर्दै मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले मार्फा गाउँको सौन्दर्यता बढाउन तथा विद्युत प्रवाहबाट हुनसक्ने जोखिम न्युनिकरण गर्नका लागि छरपस्ट विद्युत तार अण्डरग्राउण्ड गर्ने योजना अनुसार सांसद विकास कोषको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत गतवर्ष २५ लाख बजेट बिनियोजन गरे ।
 
त्यस योजनामा घरपझोङ गाउँपालिकाले १५ लाख थपिदियो ।पुरानो मार्फा गाउँ बस्तीभित्रमा करिब ६ सय मिटर मुख्य बिद्युत लाइन र करिब ४५ सय मिटर शाखा लाईन भुमिगत व्यवस्थापनका लागि अहिले काम धमाधम अघि बढेको गाउँपालिकाका इन्जिनियर सकलदेव शर्माले जानकारी दिए । उनका अनुसार स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको बजेटले काम अगाडी बढाईएको हो ।

यसका कामका लागि बुटवलको ओसिन पावर सर्मिस अण्डरग्राउण्ड गर्ने जिम्मा लिएको हो । कुल अनुमानित बजेट ९० लाख स्टमेट रहेको उक्त योजना सम्पन्न गर्न थप ५० लाख बजेटको आवश्यकता पर्ने इन्जिनियर शर्माको भनाइ छ । साझेदारी र गापाबाट बिनियोजित भएको बजेटको आधा काम दशै अगावै सम्पन्न हुने उनले बताए।

यसअघि मार्फा गाउँमा विद्युत तार व्यवस्थित गर्न गाउँले आफैले डीपीआर तयार गरी गापामा योजना माग गरेको मार्फाका स्थानीय दिपक लालचनले बताए । गत वर्षको बिनियोजनले आधा मात्र काम हुने भएकाले चालु वर्षको काम गापाले १० लाख बजेट बिनियोजन गरेको र थप ४० लाख बजेट मार्ग जुटाउनुपर्ने लालचनले जानकारी दिए ।

यस्तै ,संघीय सांसद प्रेमप्रसाद तुलाचनले ऐतहासिक,धार्मिक र सांस्कृतिक नमूना गाउको सौन्दर्यतालाई यथास्थानमा संरक्षण गर्नका लागि बिद्युत तार अण्डरग्राउण्डकार्यले योगदान पुर्‍याउने बताए । बिद्युत तार अण्डरग्राउण्ड गर्ने कामले गाउँभित्रको सम्भावित जोखिम न्यूनिकरण गर्ने सांसद तुलाचनले स्पष्ट पारे ।
 
यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ गापा-५ लोमान्थाङ पनि वडा स्तरीय बजेट मार्फत विद्युत तार अण्डरग्राउण्डकार्य सम्पन्न भएको थियो । तर,लोमान्थाङ र मार्फा गाउँमा बिजुलीका तार अण्डरकार्य सुरु भएपनि सदरमुकाम जोमसोम बजारमा भने बिजुली र टेलिफोनका तार अण्डरग्राउण्ड हुन सकेको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.