प्रदेश ५ राजधानी प्रस्तावविरूद्ध परासीमा प्रदर्शन
परासी : प्रदेश ५ को राजधानी दाङको भालुवाङमा प्रस्ताव गरेको विरोधमा पश्चिम नवलपरासीमा विरोध सुरू भएको छ। नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सदरमुकाम परासीमा प्रदर्शन गर्दै राजधानी भालुवाङ लैजान लागिएको भन्दै फिर्ता लिन माग गरेका हुन्।
प्रदेश राजधानी बुटवल नै उपयुक्त रहेको भन्दै प्रदर्शनकारीले मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नाराबाजी गरेका थिए।