संक्रमणबाट मृत्यु : पुरेत आउन नमान्दा किरिया रोकियो

संक्रमणबाट मृत्यु : पुरेत आउन नमान्दा किरिया रोकियो

परासी : पुरेत आउन नमान्दा कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारले काज किरिया गर्न पाएका छैनन्। पश्चिम नवलपरासी रामग्राम नगरपालिका–३ परासीका ५२ वर्षीय पुरुषको गत असोज ८ गते कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको थियो।  परिवारले घरमा पुरेत जान डराएपछि किरिया गर्न नपाएको बताएका हुन्।  

काठमाडौंमा बस्दै आएका बाबुको मृत्यु भएपछि परिवारसहित घरमा किरिया गर्न आएका थिए। बाबुको किरिया सकेको १० दिन नबित्दै उनको संक्रमणबाट मृत्यु भएको हो। स्वास प्रश्वासको समस्या देखिएपछि उनलाई बुटवल कोरोना अस्पताल पठाइएको थियो। मृत्युपछि उनको शव बुटवलमै व्यवस्थापन गरिएको थियो।

उक्त पुरूषको मृत्युपछि ७२ वर्षीया आमा र श्रीमतीसहित परिवारका ५ जनामा कोरोना पोजिटिभ देखिएको छ। छोरासहित अन्य ३ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ। संक्रमित भएकाहरु परासीस्थित आइसोलेसन सेन्टरमा छन्। घरमा रहेका छोराले किरियाको तयारी गरे पनि पुरेत आउन नमानेपछि रोकिएको मृतका भाइले बताए। होम आइसोलेसनमा बस्न पाइने भए पनि ठाउँ नभएकाले वृद्धा आमालाई लिएर नगरपालिकाको आइसोलेसनमा बस्नु परेको उनले बताए।

‘भाउजू आइसोलेसनमा हुनुहुन्छ। मृत्यु संस्कार अनुसार छोरा भएकाले पुरेत नै राखेर किरिया गर्ने हो। पुरेत नै नआएपछि कसरी मृत्यु संस्कारको काम गर्नु ?’, विगतमा पुजारीको कामसमेत गर्दै आएका अधिकारीले आफ्नो संस्कार सुनाउँदै भने। घरमा बसेका परिवारमा संक्रमण नभए पनि घरमा जाँदा रोग सर्ने मानसिक डरले पुरेत जान नमानेको उनको बुझाइ छ।‘तपाईंहरु सञ्चो भएर आउनुहोस् समय अनुकुल भएपछि दसैंपश्चात किरियाको काम गरौंला भनेर पुरेतले भनेका छन् ’, उनले भने। आइसोलेनको १४ दिन बसाइपछि पीसीआर परीक्षण नगरी पठाउन भनेकाले आफ्नै खर्चमा परीक्षण गरेर घर जाने सोच अधिकारी परिवारको छ। 

यसअघि पनि परिवारमध्ये २ जनाको आफ्नै खर्चमा परीक्षण गरेको उनले सुनाए। ‘लक्षण नदेखिएकालाई त्यसै पठाउने भनिएको छ। त्यसै जाँदा समाजले शंका गर्ने ठाउँ हुन्छ। त्यसैले आफ्नै खर्च गरेर भए पनि परीक्षण गराउनुको विकल्प छैन’, सामान्य चिया नास्ताको पसल सञ्चालन गर्दै आएका उनले भने।

जिल्लामा कोरोना संक्रणका कारण ६ जनाको मृत्यु भएको छ। ५ सय ८२ जना संक्रमित भएकोमा अहिले ७७ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.