मुस्ताङमा ७ महिनापछि खुले टिकट बुकिङ काउन्टर

मुस्ताङमा ७ महिनापछि खुले टिकट बुकिङ काउन्टर

जोमसोम : कोरोनामुक्त जिल्ला मुस्ताङमा शनिबारदेखि लामो दुरीको यातायात टिकट बुकिङ काउन्टर खुलेको छ। नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असोज १ गतेदेखि लामो दुरीका यातायात तथा आन्तरिक उडान खुल्ला गर्ने निर्णय बमोजिम मुस्ताङमा झन्डै ७ महिनापछि सदरमुकाम जोमसोममा लामोदुरीको यातायात टिकट बुकिङ काउन्टर खुल्ला भएको हो।

श्निबारदेखि मुस्ताङको जोमसोममा काठमाडौं-पोखरा-जोमसोमका लागि घोडाघोडी यातायात प्रा.लि. ,पोखरा-बेनी-मुस्ताङका लागि म्याग्दी कोरला यातायात प्रा.लि. र मुस्ताङ मुक्तिनाथ यातायात प्रा.लि. लगायतका टिकट बुकिङ काउन्टर खुलेको हो। जोमसोममा टिकट बुकिङ काउन्टर खुलेसँगै मुस्ताङमा स्थानीय, कर्मचारी, शिक्षक र सुरक्षा निकाय खुसी भएका छन्।
 

म्याग्दी-कोरला यातायात प्रा.लि.ले आफ्नो आधिकारी फेसबुक पेज मार्फत सोमबारदेखि प्रा.लि.मातहतका यातायात बस सेवा आवश्यक सुरक्षा मापदण्ड अपनाएर यात्रु सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ। प्रा.लि.का जोमसोम टिकट काउन्टरका प्रतिनिधि पेमा छेतेन विकले कोभिड—१९ को संक्रमणलाई मध्यनजर गर्दै म्याग्दी कोरलाले २६ सिटे बसमा आधा यात्रु घटाएर सेवा प्रवाह गर्ने तयारी गरेको बताए। उनले बसमा यात्रु क्षमता अनुसार सेवा दिने अवस्था नरहेकाले साविक भाडादरमा ५० प्रतिशत वृद्धि गर्ने बताए।

घोडाघोडी यातायात प्रा.लि.ले शनिबारदेखि टिकट बुकिङ सुरु गरेको बुकिङ काउन्टरकी प्रतिनिधि सुनदेवी रसाइलीले जानकारी दिइन्। उनले घोडाघोडी यातायातको यात्रुवाहक बस शुक्रबार मुस्ताङका लागि छुटेको भए पनि बेनी—जोमसोम सडकको दुरअवस्थाका कारण गन्तव्यमा आउन नसकेको बताइन्।  बेनी—जोमसोम सडक कामचलाउ मात्रै भएको र त्यसलाई करिडोर तथा निर्माण कम्पनीले चाडोभन्दा चाडो सहज हुने गरी सफा गरिदिनु पर्ने उनको भनाइ छ। 
यस्तै मुस्ताङ मुक्तिनाथ यातायात प्रा.लि.ले पनि तत्कालका लागि जोमसोम-पोखरामा सानो जिप मात्रै सञ्चालनमा ल्याएको प्रा.लि.का अध्यक्ष राजुप्रसाद लालचनले जानकारी दिए। उनले हालको बेनी-जोमसोम सडक जोखिम भएकाले यसको थप स्तरोन्नति गर्न आवश्यक भएको बताए। सडक सहज बनाएको अवस्थामा मुस्ताङ-मुक्तिनाथ प्रा.लि.ले साना-ठुला सबै जिप र बस एकैसाथ संञ्चालनमा ल्याउने स्पष्ट पारे।

काठमाडौं-पोखरा-बेनी-जोमसोम चल्ने यातायात प्रा.लि.ले लामोदुरीको यातायात चलाउने पूरै तयारी गरे पनि सडकको दुरअवस्था भने ज्यूँका त्यु नै रहेको यातायात व्यवसायीहरु बताउँछन्। बेनी—जोमसोम सडकका विभिन्न स्थानमा आएको बाढी पहिरो र नदी कटानका कारण सडक अवरुद्ध भएकाले मुस्ताङमा लामोदुरीको यात्रुवाहक यातायात सेवा सञ्चालनमा ल्याउन अप्ठ्यारो परेको हो।करिडोर तथा निर्माण कम्पनी र सुरक्षा निकायको निरन्तरको पहलपछि बेनी—जोमसोम सडक कामचलाउको रुपमा खुल्ला भएपनि कतिपय स्थानमा सडक अप्ठ्यारो र जोखिम कायमै छ। 

काठमाडौं र पोखराबाट बेनी हुँदै मुस्ताङ आउने लामोदुरीका यात्रुवाहक सवारी तथा मालवाहक सवारी निकै कष्ठपूर्ण र जोखिम मोलेर गन्तव्यमा पुग्न पर्ने बाध्यता रहेको घोडाघोडी यातायातका बस चालक राजन पुरीले जानकारी दिए। उनले घोडाघोडी बसले यात्रु लिएर २ पटकसम्म मुस्ताङ आउने क्रममा सडक बिग्रिएकोले म्याग्दीको दानाबाट फर्किन बाध्य भएको बताए। उनले जेनतेन बेनी—जोमसोम सडकमा हलुका फोरह्वील सवारी मात्र आउजाउ गर्न सक्ने भए पनि ठुला बस चलाउन अझै चुनौतीपूर्ण रहेको उल्लेख गरे। 

घोडाघोडीका चालक पुरीका अनुसार बेनीदेखि १ किमीमाथि जलेश्वर, म्याग्दीको राहुघाट पुलपारी, म्याग्दीको लाटा खोला, नारच्याङ पुल आसपास, म्याग्दी रुप्से झरना र मुस्ताङ थासाङ—४ मिसी लगायतका आधा दर्जन स्थानमा अझै सडक जोखिम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.