नेगेटिभ आएको ५ दिनभित्रै कोरोना पोजिटिभ

नेगेटिभ आएको ५ दिनभित्रै कोरोना पोजिटिभ

भक्तपुर : प्रदेश सांसद शशिजंग थापालाई कोरोना भाइरस संक्रमण भएको छ। भक्तपुर क्षेत्र नं. २ ख मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रदेश सांसद थापालाई शनिबार संक्रमण पुष्टि भएको हो।

उनले आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जालमै उल्लेख गरेका छन्। उनका अनुसार ज्वरो आएपछि असोज १२ गते नै कोरोना भाइरस संक्रमण भएको आशंकामा पीसीआर विधिबाट परीक्षण गरेका थिए। तर उक्त परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनी बताउँछन्।

‘सुरुमा गरिएको परीक्षण नेगेटिभ आउँदा पनि ज्वरो निको भएन। उल्टो बढ्यो’, सांसद थापाले भने, ‘ज्वरो नघटेपछि शनिबार पुनः पीसीआर गर्दा रिपोर्ट पोजिटिभ आयो।’

उनले आफूलाई के, कसरी र कहाँबाट संक्रमण भएकोबारे पत्तै नभएको बताएका छन्।‘कोरोना भाइरस संक्रमणबाट जोगिन खोज्दाखोज्दै कहाँबाट कसरी संक्रमित हुन पुगियो, पत्तै भएन’, सांसद थापाले भने, ‘मसँग नजिकको सम्पर्कमा रहनुहुने सबैलाई आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुन अनुरोध गर्दछु।’
उनले स्वास्थ्यमा समस्या देखिए नजिकैको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्नसमेत आग्रह गरेका छन्।

यसअघि भक्तपुर क्षेत्र नं. १ बाट संघीय संसदमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित सांसद प्रेम सुवाललाई पनि कोरोना भाइरस संक्रमण भएको थियो। नेमकिपाका केन्द्रीय सचिवसमेत रहेका सांसद सुवालले कोरोना भाइरस संक्रमणलाई जितिसकेका छन्।

त्यस्तै भक्तपुर नपाका ३ जना र मध्यपुर थिमि नपाका एकजना वडा अध्यक्षलाई समेत कोरोना भाइरस संक्रमण भएको थियो। उनीहरुले पनि कोरोना भाइरस संक्रमणलाई जितिसकेका छन्।

भक्तपुरमा संक्रमितको संख्या २ हजार ३ सय ८२

शनिबारसम्म भक्तपुरमा कोरोना भाइरस संक्रमितहरुको संख्या २ हजार ३ सय ८२ पुगेको छ। जसमा एकहजार ३ सय ४५ पुरुष र एकहजार ३७ महिला रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका अनुसार शनिबारसम्म भक्तपुरमा एक हजार एकसय ६२ सक्रिय संक्रमित रहेका छन्। जसमा पुरुष ६ सय ५३ र महिला ५ सय ९ रहेका छन्। कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण ३२ जनाको मृत्यु भएको जानकारी दिए। उनका अनुसार २२ पुरुष र १० महिलाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको थियो।

भक्तपुरका एक हजार एकसय ८८ जना कोरोना भाइरस संक्रमण जितेर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ६ सय ७० पुरुष र ५ सय १८ महिला रहेका छन्। शनिबार भक्तपुरका २९ महिला र २८ पुरुष गरी ५७ जना नयाँ संक्रमित थपिएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.