एक वर्षमा दुईसय मिटर मात्र सडक कालोपत्रे !

एक वर्षमा दुईसय मिटर मात्र सडक कालोपत्रे !

सुर्खेतः एउटा नगरपालिकाले वर्षभरीमा कति सडक कालोपत्रे गर्ला ? ५० किलोमिटर, १० किलोमिटर वा पाँच किलोमिटर । तर अनौठो लाग्न सक्छ । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले भने वर्षभरी लगाएर जम्मा दुईसय मिटर मात्र सडक कालोपत्रे गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाले एक वर्षको अवधिमा जम्मा दुईसय मिटर सडक मात्र कालोपत्रे गरेको पाइएको छ । गएको आर्थिक वर्षभरी नगरबाट सम्पन्न भएका भौतिक विकास सम्बन्धी प्रगति प्रतिवेदन केलाउँदा नगरपालिकाले अपेक्षाअनुसार विकास गर्न नसकेको देखिएको हो । उक्त प्रतिवेदनमा एक वर्षको अवधिमा नगरभित्र जम्मा दुईसय मिटर सडकमा मात्र कालोपत्रे गरिएको उल्लेख छ । यसले पनि नगरको भौतिक विकास निराशाजनक देखाएको छ । 

प्रदेशको राजधानी सहर भएका कारण पनि अन्य क्षेत्रको तुलनामा वीरेन्द्रनगरको विकास निर्माण तीव्र गतिमा हुनुपर्ने हो । तर पछिल्लो एक वर्षमा नगरपालिकाले अपेक्षाअनुसार भौतिक विका गर्न नसकेको हो । वितेको आर्थिक वर्षमा नगरपालिकाको पूर्वाधारतर्फ पक्की सडक निर्माणको प्रगति कमजोर छ । यद्यपी भातिक प्रगति गर्न नसकेको यो नगरपालिकाले भने विभिन्न बाधा र कारणहरु देखाएको छ । सडक कालोपत्रे गर्ने मुख्य समयमा लकडाउन हुँदा दुईसय मिटरमात्रै सडक कालोपत्रे भएको नगरपालिकाको योजना शाखाका सहायक धनबहादुर खत्रीले बताए । 

उनले भने, 'हरेक वर्ष चैत र बैशाखमै सडकहरु कालोपत्रे हुन्छनु, तर गएको आर्थिक वर्षमा कोरोनाका कारण चैतमै लकडाउन भयो । त्यसले पनि नगरभित्र सडक कालोपत्रेको काम नै हुन पाएन ।' प्रदेश राजधानी भएकाले वीरेन्द्रनगरका हरेक सडकहरु कालोपत्रे हुन आवश्यक भए पनि कोरोनाकै कारण अघिल्लो आर्थिक वर्षमा सडकको काम सन्तोजनक हुन नसकेको उनको भनाइ छ । यद्यपी सडक पूर्वाधारमा प्रदेश सरकारले लगानी बढाएका कारण अब वीरेन्द्रनगरका अधिकांश सडकहरुको स्तरोन्नती हुने नगरपालिकाले जनाएको छ । 

जनशक्ति र निर्माण सामाग्री अभावका कारण सकड कालोपत्रे गर्न नसकिएको नगरपालिकाको भनाइ छ । राजधानी भए पनि वीरेन्द्रनगर भित्रका सडकरु गर्मीमा धुलाम्य तथा वर्षातमा हिलाम्य हुने गरेका छन् । यस्तै गत आर्थिक वर्षमा वीरेन्द्रनगरले साढे ५४ किलोमिटर नयाँ सडक बनाएको छ । नगरका १६ वटा वडाका विभिन्न क्षेत्रमा गरी ५४ किलोमिटर नयाँ सडक निर्माण गरिएको हो । 

हाल नगरपालिकाले उपत्यकाभन्दा बाहिरी वडामा नयाँ सडक बनाउने र उपत्यकाका सडकको स्तरोन्नती गर्ने रणनीति लिएको छ । सोही अवधिमा विभिन्न वडामा गरी साढे १७ किलोमिटर सडक ग्राबेल गरिएको छ । यस्तै पूर्वाधार कार्यक्रमतर्फ साढे १० किलामिटर पक्की नाला निर्माण गरिएको र  गत वर्ष नै २० वटा कल्र्भटसहित ह्वुमपाइप पनि राखिएको नगरपालिकाले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.