उपत्यकामा कोरोनाबाट २ को मृत्यु, १५ सय ९९ संक्रमित थपिए

उपत्यकामा कोरोनाबाट २ को मृत्यु, १५ सय ९९ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ।  काठमाडौंका १३७३ , भक्तपुरका ३९  र ललितपुरका  १८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आइतबार काठमाडौंका ५५ वर्षीय पुरुष र ललितपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा २२ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार २२ सय ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। यो सहित संक्रमितको संख्या ८६ हजार ८२६ पुगेको छ।

२२ हजार २१९ कोरोनाका सक्रिय संक्रमित छन्।  यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १० हजार ३२६ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ८९३ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार २०३ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ७८४ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार १३ सय २९ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। यो सँगै कोरोना जित्नेको संख्या ६४ हजार ६९ पुगेको छ।

२२६ जनाको आइसीयुमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ जनाको मृत्यु भइसकेको छ। आइतबार मात्रै उपत्यकाका २सहित ७ जनाको मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.