अधिकृतलाई कोरोना : बिना सूचना कार्यालय बन्द

अधिकृतलाई कोरोना : बिना सूचना कार्यालय बन्द

विराटनगर : जग्गा पास गराउन काठमाडौँबाट ठाकुर पनेरी बिहीबार नै सुनसरीको इटहरी आए।

इटहरीमा तीन दिन बसेर आइतबार सबै प्रक्रिया पुर्‍याएर भूमि सुधार तथा मालपोत कार्यालय विराटनगर १० बजे पुगे । तर गेटमा गार्डले  सेवा बन्द रहेको भनेपछि पनेरी एक छिन अलमलमा परे ।

उनले सुरक्षा गार्डलाई भने, ‘विशेष परिस्थितीमा काठमाडौँबाट आएँ। तर बिना सूचना किन बन्द ?’ गार्डले मुल गेटको छेउमा भर्खरै टाँसिएको सूचना पढ्न भने। ‘अहिले सूचना टाँसेर हुन्छ ?’, उनले थपे, ‘सेवाग्राहीलाई सास्ती दिने काम भएन् ?’ 

लामो समयको यात्रा गरेर सेवा लिन आएका सेवाग्राही मालपोतका अकस्मात सूचनाका कारण फर्किएका छन्।   आइतबार कार्यालयमा कार्यरत कर्मचारीलाई करोना संक्रमण भएको र केही कर्मचारीलाई कोरोना मिल्दो लक्षण देखिएको भन्दै आन्तरिकबाहेक सबै कार्य बन्द भएको सूचना टाँसिएको छ। 

बुधबार सुनसरीको इनरुवाबाट सरुवा भएर हाजिर भएका मालपोत अधिकृत  मिलन दाहालको पीसीआर रिपोर्ट शुक्रबार पोजिटिभ आएको थियो। 

विराटनगर १३ का रमेश यादव कार्यालय बन्द हुँदा सेवा बाट बञ्चित भए । उनले जग्गा पास गर्न सप्तरी राजविराजबाट आफन्तलाई बोलाएका थिए ।  ‘कार्यालयले समयमा सूचना टाँस नगर्दा समस्या भयो’, उनले भने।

विराटनगरस्थित सो कार्यालयको कामकाज विस्तारै सुचारु भइरहेको थियो । दैनिक ५ सयको हराहरीमा सेवाग्राहीले सेवा लिन्थे।

दुई दिनपछि सेवा बन्दको सूचना निकालेर मालपोतले सेवाग्राहीलाई हैरान बनाएको सेवाग्राहीको आरोप छ। मालपोत कार्यालयका प्रमुख नरेन्द्र पौडेलले सरुवा भएर आएका मालपोत अधिकृत कार्यालयमा आएकै दिनदेखि नै बिदामा छन्। 

उनले शंका लागेर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको र कार्यालयमा भिडभाड हुने भएकाले तीन दिन आन्तरिक काम बाहेकको सेवा बन्द गरिएको बताए ।

कोरोना संक्रमण बढ्न थालेपछि मालपोतले दिन तोकेर स्थानीय अन्तर्गतका सेवाग्राहीलाई सेवा दिने गरेको थियो ।  मोरङको १७ वटा स्थानीय तह मध्ये ६ स्थानीयतहलाई दैनिक दुई दिनको दरले सेवा दिँदै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.