लकडाउनपछि ललितपुरमा मात्रै २८ बलात्कार

लकडाउनपछि ललितपुरमा मात्रै २८ बलात्कार

ललितपुर  : मुलुकका विभिन्न स्थानमा बलात्कार तथा हत्याका घटना श्रृखलावद्धरुपमा भइरहेका छन्। महामारीको अवधिमा पनि यो क्रम रोकिएको छैन। लकडाउन सुरु भएयता ललितपुरमा मात्रै ३० वटा बलात्कार तथा यौनजन्य अपराधका घटना दर्ता भएका छन्।  

महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी गराए अनुसार चैत्र ११ यता बलात्कारका २२ वटा घटना दर्ता भएका छन्। त्यस्तै, ६ वटा घटना जर्बरजस्ती करणी उद्योग र दुई वटा मुद्धा बाल यौनदुर्व्यवहारका दर्ता भएका छन्। बलात्कार र यौनजन्य घटना बढ्नुको पछाडि विभिन्न कारण भए पनि प्रहरीले यस्ता घटना रोक्न प्रयास गरिरहेको दाबी गरेको छ। 

बलात्कारका घटनाहरु केलाउँदा पीडकले पीडितलाई डर, धम्की, त्रास, प्रलोभन, जालसाजी, प्रेमको नाटक गर्ने गरेको प्रहरीले बताउँछन्। परिसरका प्रमुख टेकप्रसाद राईका अनुसार कानूनको उचित ज्ञान नभएकाले पनि कतिपय घटना हुने गरेको बताए । उनले एउटा यस्तै प्रकारको बलात्कारको घटनाको दृष्टान्ट सुनाए। गत महिना दर्ता भएको यस घटनामा १७ वर्षीया बालिका बलात्कारको शिकार भएकी छन्। जन्मदिन मनाउन घरबाहिर गएकी उनी अन्य साथीहरुसँग होटलमा बसिन्। त्यहाँ अर्का २१ वर्षका युवासँग उनको शारीरिक सम्बन्ध भयो र गर्भवती भइन्। तर, ती युवाले पछि उनको वास्ता गरेनन्। बरु अर्को १५ वर्षकी बालिका लिएर ती युवा भागे । गर्भवती बालिकाले उनीविरुद्ध निवेदन हालेपछि ती युवालाई चितवनबाट पक्राउ गरियो। कानुनले १८ वर्षभन्दा सानो उमेरको बालिकासँग सहमतीमा सम्पर्क राखे पनि त्यसलाई बलत्कार मानेको छ। 

गत शुक्रबार दर्ता भएको अर्को घटना पनि उस्तै प्रकृतिको छ। भैंसेपाटीका ३५ वर्षीयले १५ वर्षकी बालिकालाई विवाह गरेर अन्तै राखेको भनेका छन्। तर बालिकाको अभिभावकले ती व्यक्तिविरुद्ध मुद्धा दायर गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। ती व्यक्तिले बालिकाको सहमतीमा उनीसँग शारीरिक सम्बन्ध राखेको बताएका छन्। यद्यपि यसलाई कानुनले बलात्कार मानेको राईले बताए। 

बलात्कारका यस्ता घटना हुन नदिन अभिभावक आफैँ सचेत हुनुपर्ने  उनको भनाइ छ।  राईले भने, ‘आफ्ना बालबालिका कता जाँदैछन् ? के गर्दैछन् ? सामाजिक सञ्जालमा के हेर्दैछन् ? यस्ता विषयमा निगरानी गर्नुपर्छ।’ महामारीको समयमा मानिसहरु झनै फुर्सदिलो भएकाले बलात्कार जस्तो आपराधिक घटनामा बढी संलग्न भएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.