विराटनगर विमानस्थल स्तरोन्नति गर्न त्रिपक्षीय समझदारी

विराटनगर विमानस्थल स्तरोन्नति गर्न त्रिपक्षीय समझदारी

विराटनगर : विराटनगर विमानस्थललाई स्तरोन्नति, विकास र विस्तार गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय सरकार (नेपाल नागरिक उड्डयन प्राधिकरण), प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच सोमबार विराटनगरमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण, धावनमार्ग विस्तार, आधुनिक टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास गर्न तीनै तह लाग्ने उल्लेख छ । अब विराटनगर विमानस्थलको वर्तमान धावनमार्गको लम्बाइ ३ हजार मिटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रियस्तरको आधुनिक सुविधा सम्पन्न बनाइनेछ ।

यसका लागि प्रदेश १ र विराटनगर महानगरपालिकाले जग्गा अधिग्रहण, देखिएको समस्या समाधानको पहल तथा सहजीकरण गर्नेछ । त्यस्तै उसले जग्गा अधिग्रहणमा हुने खर्चको ५० प्रतिशत रकम प्राधिकरणलाई उपलब्ध गराउनेछ । जुन प्रदेश १ को ४० प्रतिशत र महानगरको १० प्रतिशत हुनेछ ।

यसबाहेक पहिलो पक्ष अर्थात् प्रदेश र महानगरले प्राधिकरणको काममा सघाउनेछ । दोस्रो पक्ष अर्थात् प्राधिकरणले यसको गुरुयोजना तयार गर्ने र जग्गा अधिग्रहण र मुआब्जा वितरणको लागि मन्त्रिपरिषदबाट आवश्यक निर्णय गराउनेछ । 

त्यसको लागि संघीय पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ । विमानस्थलको जग्गा अधिग्रहण, डीपीआर तथा डिजाइन सबै प्राधिकरणले नै गर्नेछ । सोमबार भएको हस्ताक्षर कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसहित प्रदेश १ का मुख्यमन्त्री र मन्त्रीहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.