ताप्लेजुङका ८१ वर्षीय वृद्धले जिते कोरोना

ताप्लेजुङका ८१ वर्षीय वृद्धले जिते कोरोना

ताप्लेजुङ : ताप्लेजुङका ८१ वर्षीय वृद्ध कोरोनालाई परास्त गरेर घर फर्किएका छन्। जिल्ला अस्पतालमा उपचाररत उनको दोस्रो पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. सोनिङ लामाले बताए।

दमको रोगीसमेत रहेका वृद्धलाई असोज ७ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो। विराटनगरको नोबेल अस्पतालमा दमको उपचारका लागि भर्ना भएपछि अस्पतालले उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो। त्यसको रिपोर्ट नआइकनै वृद्ध भागेर ताप्लेजुङस्थित घर पुगेका थिए। घर पुगेको एक दिनपछि रिपोर्ट पोजेटिभ आएपछि ताप्लेजुङ अस्पतालको आइसोलेसनमा ल्याइएको डा. लामाको भनाई छ।

लामाका अनुसार उनलाई अरु संक्रमण नहोस् भनेर एण्टिबायटिक, मल्टिभिटामिन, रोग प्रतिरोधात्मक क्षमता बढाउने र आयुर्वेदिक औषधि दिइएको थियो। ‘कोरोना जिते पनि उहाँलाई दमको समस्या छँदै छ,’ लामाले भने, ‘उच्च मनोबलका साथ अस्पतालबाट जानुभयो।’ वृद्ध अवस्थाका संक्रमित निको भएर गएपछि आफूहरुमा थप हौसला मिलेको लामाले बताए।

दमको पुरानो रोगी उनलाई जुनसुकै बेला अक्सिजनको आवश्यक पर्न सक्ने लामा बताउछन्। वृद्धसँगै उपचार गराएका प्राइम बैंक ताप्लेजुङ शाखाका कर्मचारी पनि कोरोनामुक्त भएका छन्।

२४ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा २० वर्षीय एक पुरुषको नतिजा भने पोजिटिभ आएको छ। ति पुरुष कोरोना जितेका वृद्धका आफन्त रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोख्रेलले बताए। संक्रमित युवालाई अस्पतालको आइसोलेसन कक्षमा राखिने छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.