कपडादेखि अटोमोबाइलसम्मका अफर नेपाल अफर्स डटकममा

कपडादेखि अटोमोबाइलसम्मका अफर नेपाल अफर्स डटकममा

काठमाडौँ : नेपाल अफर्स डटकमले विभिन्न व्यवसायको अफरलाई एउटै डिजिटल प्लेटफर्ममा ल्याएर प्रवर्द्धनको काम सुरु गरेको छ।

अफरहरुलाई नेपाल अफर्सले निशुल्क रुपमा आफ्नो वेबसाइट, फेसबुक तथा इन्स्ट्राग्राम पेजमा राखेर प्रचार गरेको नेपाल अफर्सका संचालक वाफ्ट टेक्नोलोजि प्रालिका सिइओ राजन जैसवालले बताए।

अफर सार्वजनिक गर्न इच्छुक कम्पनी तथा व्यवसायीले नेपाल अफर्सको एन्ड्रोइड मोबाइल एप वा वेबसाइट ९लभउबयिामभचक।अयm०मा गएर लगइन गरि आफ्नो कम्पनीको अफर पोस्ट गर्नसक्ने जैसवालले बताए। आफ्नो इमेल आइडी अथवा फेसबुकको माध्यमबाट नेपाल अफर्स डटकम लगइन गर्न सकिनेछ ।

पोस्ट गरेका अफरहरु नेपाल अफर्सका कर्मचारीले प्रमाणित गरिसकेपछि पेज तथा वेबसाइटमा लाइभ हुने बताइएको छ। जुनसुकै कम्पनी वा व्यवसायको अफरलाई प्रवर्द्धन नेपाल अफर्सले गर्ने जैसवाल बताउँछन्। निशुल्क रुपमा पोस्ट गर्न सकिने अफर अन्तर्गत सय कम्पनी तथा व्यवसायको अफरलाई निशुल्क बुस्ट समेत गराइने कम्पनीले जनाएको छ । आफ्नो फिचर्ड गर्नका लागी भने कम्पनीलाई सम्पर्क गर्नुपर्ने जैसवालले बताए।

१८ महिनादेखि सञ्चालनमा आएको अफर्स डटकममा हाल ६० भन्दा धेरै कम्पनी आवद्ध छन्  भने १२ सय भन्दा धेरै अफरहरु दर्ता भइसकेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.