उपचार नपाएर कोरोना संक्रमित मृगौला रोगीको मृत्यु

उपचार नपाएर कोरोना संक्रमित मृगौला रोगीको मृत्यु

इटहरी : अस्पतालमा उपचार नपाएर इटहरीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। इटहरी ७ का ६८ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको हो। नियमित डायलाइसिस गरिरहेका ती व्यक्तिको उपचार नपाएर मृत्यु भएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए। 

उनलाई बिरामी भएपछि विराटनगरको म्याक्स अस्पताल लगिएको थियो। त्यहाँ पिसिआर टेस्ट गर्दा कोरोना संक्रमण पाइएपछि अस्पतालले कोशी अस्पताल वा धरानस्थित वीपी प्रतिष्ठान लैजान सिफारिस गरेको राईले बताए। 

‘दुवैतिर भेन्टिलेटरसहितको बेड खाली नभएको प्रतिक्रिया पाएपछि घर ल्याइयो, घरमै राति ज्यान गयो,’ राईले भने। दमको समेत बिरामी रहेका बिरामीले उपचार नै नपाएर ज्यान गुमाएको उनले बताए।

कोरोना संक्रमित भएपछि दीर्घ तथा जटिल रोगका बिरामीलाई बचाउन गाह्रो हुँदै गएको इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले बताए। ‘वडाध्यक्षज्यूले खबर गरेपछि हिजो नै हामीले उपचारको व्यवस्था गर्ने कोसिस गरेका थियौं,’ धमलाले भने, ‘तर बेड खाली नभएपछि उपचार हुन पाएन।’ यो सँगै इटहरीमा कोरोनाबाट मर्नेको संख्या ५ पुगेको छ। पोजिटिभ संख्यासमेत बढ्दै गएको उनले बताए।

इटहरीमा सुविधासम्पन्न अस्पताल नहुँदा जटिल रोगका बिरामीहरुलाई धरान वा विराटनगर लानुपर्ने बाध्यता छ। कोरोना संक्रमितहरु थपिँदै जाँदा अस्पतालहरुमा बिरामीहरुले बेड पाउन छाडेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.