कटारी अस्पताल बन्द
उदयपुर : उदयपुरको कटारी अस्पतालले आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरेको छ। थप उपचारका लागि रेफर गरिएका बिरामीको कोरोना पोजिटिभ देखिएपछि एक सूचना जारी गर्दै बुधबारेदेखि अस्पतालले आकस्मिक बाहेकका सवै सेवा बन्द गरेको हो।
अस्पतालका डाक्टर मुकलेस माधवीका अनुसार असोज १२ गते उपचारमा आएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित टिचिङ्ग हस्पिटलमा रेफर गरिएकोमा कोरोना पोजिटिभ देखिएपछि केहि दिनका लागि आकस्मिक बाहेकका सवै सेवा बन्द गरिएको हो।
उनले भने, ‘कोरोनाको संक्रमण १४ दिनसम्म रहने भएकाले त्यतिन्जेल अस्पतालको सेवा बन्द गरिने छ।' उनले बिरामीको सम्पर्कमा आएका अस्पतालका सबै स्वास्थ्यकर्मीको स्वाब संकलन गरी त्यसको रिपोर्ट नआउन्जेल सम्मका लागि सेवा बन्द गरिएको बताए। जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या एक सय २५ पुगेको छ।