जबरजस्ती करणी उद्योगको अभियोगमा युवक पक्राउ
जोमसोम : मुस्ताङमा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। थासाङ गाउँपालिका-१ टुकुचेका २५ वर्षीय युवा आर्नल भन्ने आर्नोल्ड थकालीलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षण आशिष अधिकारीले जानकारी दिए।
युवती आफ्नै घरमा एक्लै टिभी हेरेर बसिरहेको मौका छोपी युवकले अचानक कोठाभित्र पसी जबस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पूरा गरेको जनाइएको छ।
प्रहरी निरीक्षण अधिकारीका अनुसार जबरजस्ती करणी उद्योगमा संग्लन थकालीलाई घटनास्थलको अनुसन्धानपछि खोजतलास गर्ने क्रममा मुस्ताङको घरपझोङ—५ ढुम्बास्थित स्याउबारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। उनलाई म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको अधिकारीले बताए।
फरार प्रतिवादी युवा पक्राउ
करणी सम्बन्धि कसुरका अर्का युवा मुस्ताङबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार २०७७ साल पोखरा ३१ को जाहेरीले थासाङ गाउँपालिका—३ लेते घर भई पोखरा महानगरपालिका-११ फुलबारी धरहरा मार्ग डेरा गरी बस्ने ३० वर्षीय हरी सिंजाली करणी सम्बन्धि मुद्धामा पक्राउ गरेको हो।
उनलाई प्रहरी निरीक्षक अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नीजकै घरबाट पक्राउ गरेको छ।पक्राउ परेका सिंजालीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।