भेरी अस्पतालका लेखा अधिकृतसहित १५ विरुद्ध भ्रष्टाचार मुद्दा, घुस लिने-दिने दुबै परे

भेरी अस्पतालका लेखा अधिकृतसहित १५ विरुद्ध भ्रष्टाचार मुद्दा, घुस लिने-दिने दुबै परे

काठमाडौं : भेरी अस्पताल नेपालगन्जका लेखा अधिकृत माधव प्रसाद आचार्यसहित १५ जनाविरुद्ध  मुद्दा दायर गरिएको  छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कम्प्युटर अपरेटर अरूणराज खनाल, लेखापाल ईन्द्र बहादुर खत्री र सहलेखापाल प्रेमबहादुर खत्रीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुको  योजना र मिलेमतोमा  आर्थिक  वर्ष ०७६/०७७ को लागि सेवा प्रदायक फर्म तथा पसलबाट १९ लाख १३ हजार बराबरको  नगद र जिन्सी रिसवत एवं  कमिशन लिइ भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

भेरी अस्पतालकम कम्प्यूटर अपरेटर खनालले विभिन्न फर्म तथा पसलेबाट लिएको कमिशन वापतको रकम र चेकसमेत १६ लाख १३ हजार  स्रोत नखुलेको नगद रकमसहित कार्यकक्षमा  पक्राउ गरेका थिए । खनालको पक्राउ गरेपछि  अनुसन्धान हुँदा लेखा अधिकृत आचार्यसहित १५ जना नै भ्रष्टाचार संलग्न देखिएपछि मुद्दा दायर गरिएको  उनले बताए ।

अस्तपालका  चार कर्मचारीविरुद्ध साढे दुई वर्षदेखि चार वर्षको कैद सजाय तथा बरामद नगद  १६ लाख १३ हजार ९ सय ७५ , बरामदी मुचुल्का तथा निवेदनसाथ दाखिला भएका १  लाख ६६ हजार ५ सय  मूल्यका तीन  मोबाइल थान समेत भ्रष्टाचार निवारण ऐन बमोजिम जफत हुन र अपुग बिगो १ लाख  ३२ हजार ५९५  रुपैयाँ असुल गरी जफत हुन समेत मागदाबी गरिएको छ । अस्पतालका कर्मचारीलाई घुस कमिसनदेखि ११ वटा फर्म तथा पसलका सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले घुस तथा कमिसन दिने  नेपाल स्टोर नेपालगञ्जका संचालक/ व्यवस्थापन साहिद हुसैन हलवाई (२० हजार  विगो) , लुम्बिनी स्टेसनरी नेपालगञ्जका संचालक/व्यवस्थापन पुर्णिमा भण्डारी (४५ हजार विगो), कमला ईन्टरनेशनल तथा कृष्णा ईन्टरनेशनल नेपालगंजका संचालकर व्यवस्थापन दिपेन्द्र अग्रवाल (३६ हजार विगो), श्री हनुमत स्टेसनरी एण्ड अडरसप्लायर्स नेपालगञ्जका संचालक/व्यवस्थापन राजेन्द्र कुमार सोनी ( ९९ हजार ६ सय), ईन्फोसिस बाँके खजुराका संचालक/व्यवस्थापन सुदिप रिजाल (६० हजार), रोशनी स्टिल फर्निचर उद्योग नेपालगञ्जका संचालक/व्यवस्थापन ईजामुद्दिन खाँ (६० हजार), रुवी ईलेक्ट्रिकल सप्लायर्स नेपालगञ्जका संचालक/व्यवस्थापन अब्दुल अली अन्सारी (५६ हजार), अम्बे फर्निसिङ्ग गार्डेन नेपालगञ्ज संचालक/व्यवस्थापन पंकज कुमार श्रेष्ठ (६१ हजार), बागेश्वरी विज्ञापन सेवा नेपालगञ्जका  संचालकर व्यवस्थापन ज्ञान बहादुर वली ( ९६ हजार),न्यु निजाम स्टोर नेपालगञ्ज संचालकर व्यवस्थापन कमालुद्दिन मुकेरी (१ लाख ६१ हजार ५ सय), ओसियन ईन्टरनेश्नल तथा पश्चिमान्चल डिस्ट्रिब्यूटर नेपालगञ्जका संचालक/व्यवस्थापन अबनिश कुमार अग्रवाल (१ लाख १८ हजार ६ सय) विरुद्ध मुद्दा चलाएको छ ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन समेत मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.