भक्तपुरमा शनिबार अहिलेसम्मकै धेरै संक्रमित थपिए

भक्तपुरमा शनिबार अहिलेसम्मकै धेरै संक्रमित थपिए

भक्तपुर : भक्तपुरमा शनिबार एकैदिन २ सय ३ जना कोरोना भाइरस संक्रमत थपिएका छन्। यो संख्या अहिलेसम्मै सर्वाधिक संख्या हो।

स्वास्थ्य मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलनमा एकसय १९ पुरुष र ८४ महिला गरी २ सय ३ जना कोरोना संक्रमित थपिएको जनाएको हो। यससँगै भक्तmपुरमा संक्रमितको कूल संख्या ३ हजार २ सय २३ पुगेको छ।

शनिबार नै भक्तपुरका एक संक्रमित पुरुषको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६८ वर्षीय संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो।

यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण ३४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार हुने २४ पुरुष र १० महिलाको संक्रमणको कारण मृत्यु भएको हो।

कार्यालयका प्रमुख कृष्ण मिजारले शुक्रबारसम्म भक्तपुरका एक हजार ६ सय १८ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार ९ सय ३ पुरुष र ७ सय १५ महिला डिस्चार्ज भएका हुन्।

प्रमुख मिजारले भक्तपुरमा पछिल्लो समय कोरोना भाइरस संक्रमण पुष्टि भएका सबै संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति रहेको बताए।

‘संक्रमितहरुले आवश्यक जनस्वास्थ्य मापदण्ड पालना नगर्नाले भक्तपुरमा संक्रमण बढिरहेको हो’, उनले भने, ‘स्वाब दिएर पनि आइसोलेसनमा बस्ने नगर्दा परिवारका सबै सदस्य नै संक्रमित भएको देखियो।’

भक्तपुरका चार नपामध्ये मध्यपुर थिमि सबैभन्दा बढी संक्रमित रहेको नगरपालिका हो। यसपछि क्रमशः भक्तपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिका रहेका छन्।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.