स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अस्पताल उदयपुर बन्द

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि जिल्ला अस्पताल उदयपुर बन्द

उदयपुर :कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला अस्पताल उदयपुरका दुईवटाबाहेक सबै सेवा आइतबारदेखि बन्द गरिएको छ । शनिबार प्रादेशिक अस्पताल विराटनगरको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालका रेडियोग्राफीलाई कोरोना भाइरस पुष्टि भएसँगै अत्यावश्यक (इमरजेन्सी) र प्रसूति सेवा बाहेकका सम्पूर्ण सेवा बन्द भएको हो । 

अस्पतालले जारी गरेको सूचनामा आइतबारदेखि इण्डोर, ओपिडि, ल्याब, एक्सरे सेवा अर्को सूचना जारी नभएसम्म बन्द गरिएको जनाइएको छ । निमित्त मेडिकल सुपरिटेण्डेड डाक्टर जीवनारायण मण्डलले एक स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएकाले थप जोखिम बढ्न नदिन तथा सर्वसाधरणको स्वास्थ्यलाई ध्यानमा राखी सेवा बन्द गरिएको बताए । 

उनले भने, ' अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन गर्नुपर्ने भएकाले केही समयका लागि सेवा स्थगन गरिएको हो ।' जिल्लामा हालसम्म एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.