कर्णालीका मुख्यमन्‍त्रीविरुद्ध नेकपा सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

कर्णालीका मुख्यमन्‍त्रीविरुद्ध नेकपा सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

सुर्खेत : कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसदहरुले नै मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। 

नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीको कार्यशैली प्रभावकारी नभएको, सरकार जनस्तरमा अलोकप्रिय बन्दै गएको र मुख्यमन्त्रीले पार्टीको भावनाअनुसार काम गर्न नसकेको भन्दै सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। सांसदहरुले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई उक्त प्रस्ताव बुझाएका छन्।

नेकपाको संसदीय दलको विधान अनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलले बताए। कर्णालीमा नेकपाका ३३ जना सांसद छन्। 

जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद रहेका छन्। ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेता कँडेलले जानकारी दिए। बहुमत सांसदले प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ। प्रदेश सभामा ४० जना सांसद छन्। जसमध्ये नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन्। 

तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा केन्द्रको सहमति अनुसार कर्णालीमा तत्कालिन माओवादीले मुख्यमन्त्री पाएको थियो। त्यसयता कर्णालीमा तत्कालिन एमालेका सांसदहरु असन्तुष्ट थिए। कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन्। यस्तै साविक माओवादीका १३ जना सांसद छन्। 

तर अविश्वासको प्रस्तावमा साविक माओवादीका सांसदहरुले पनि हस्ताक्षर गरेका छन्। आफूहरुले संसदीय दलको विधान अनुसार प्रस्ताव दर्ता गरेकाले अब प्रक्रिया अनुसार यसको टुंगो लगाउनुपर्ने नेता कँडेलले बताए। नेता कँडेलले भने,‘दलका नेताविरुद्ध अविस्वास दर्ता भएको छ, अब प्रमुख सचेतकले दलको बैठक बसाल्नुपर्ने हुन्छ। 

हामीले प्रमुख सचेतकलाई यो प्रस्ताव बुझाएका छौं, विधान अनुसार अब प्रक्रिया अगाडि बढ्छ।’ कर्णालीमा अहिले संसद अधिवेशन छैन। 

नेकपाका बहुमत सांसदहरुले दलको नेताबाट शाहीलाई हटाउन अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराएका हुन्। यसअघि पार्टी एकता नहुँदा कर्णालीमा यामलाल कँडेल एमाले संसदीय दलका नेता थिए। यद्यपी केन्द्रको दबावपछि उनले नै तत्कालिन माओवादीका महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.