बेनी-जोमसोम जोड्ने स्याङ खोलामा पक्की पुल संचालनमा

बेनी-जोमसोम जोड्ने स्याङ खोलामा पक्की पुल संचालनमा

जोमसोम : राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकको सदरमुकाम जोमसोम जोड्ने पक्की मोटरेबल पुलको काम सम्पन्न भएको छ ।आयोजना अन्र्तगतको पक्की मोटरेबल सम्पन्न भएसँगै गतहप्तादेखि पुलबाट सवारी साधन आउजाउ गर्न थालेको कालिगण्डकी करिडोर कार्यालयले जनाएको छ ।

प्रि—स्ट्रेस प्रविधि मार्फत पहिलो पटक निर्माण भएको उक्त स्याङ खोला मोटरेबल पुल बेनी—जोमसोम—कोरला सडककै पहिलो भएको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए ।उनका अनुसार तीन स्पानको पुलमा ४ वटा पिल्लरसहित पुलको लम्बाई एक सय १५ मिटर लामो छ भने चौडाई ११ मिटरको छ ।

मुक्तिनाथ श्रीगीता निर्माण जेभीले १० करोड ५२ लाख लागतमा पुल बनाउने सम्झौता गरेको थियो ।राष्ट्रिय गौरवको आयोजना सुरु हुनुपर्वनै सुरुआत गरिएको उक्त स्याङको पुल गौरवको आयोजना सुरु भएपछि यसको डिजाइन परिवर्तन गरिएको थियो । २०७१ साल फागुन ९ गते पुल निर्माणको सम्झौता मुक्तिनाथ श्रीगीता जेभीले गरेको थियो ।

स्याङ खोला पुलको काममा यसअघि  प्रि—सर्वे डिजाईन परिवर्तन ,२०७२ सालको महाभुकम्प,भारतीय नाकाबन्दी र हिमपातलगायतका विभिन्न कारणले तोकिएको समयमा पूरा हुन नसकेको ईन्जीनीयर यादबले उल्लेख गरे ।तर ,निर्माण कम्पनीले कोरोना कहरको जोखिमका बावजुद मजदुर ,उपकरण र निर्माण सामाग्री व्यवस्थापन गरी स्याङ खोला पुलको काम दशै अघिनै संम्पन्न गरेको ईन्जिनीयर यादवले बताए ।

गतहप्ता स्याङ खोला पक्की मोटरेबल पुल सम्पन्न भएसँगै राष्ट्रिय गौरव अन्र्तगत निर्माण भईरहेका मध्ये ३ वटा पुलको काम सकिएको हो । यस्तै ,उपल्लो मुस्ताङ जोड्ने मुस्ताङ गेटको पक्की पुल पनि करिडोरकै सहयोगमा सम्पन्न भएको थियो । आयोजना अन्र्तगतको स्याङ खोला पुलसहित वारागुङ मुक्तिक्षेत्रको लुप्रा—पान्डा खोला पुल र म्याग्दीको अन्नपूर्ण गापा—३ दाना घट्टे खोलाको पक्की पुल संम्पन्न भएको ईन्जिनीयर यादवले जानकारी दिए ।उनका अनुसार संम्पन्न भएका तीन वटै पुल करिडोरलाई हस्तान्तरणको चरणमा रहेको उनले बताए ।

उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्र्तगत मालढुङ्गा देखि कोरलानाकासम्म ३८ वटा मोटरेबल आवश्यकता पर्ने सूचना अधिकारी इन्जिनियर यादबले जनाए ।जसमध्ये १६ वटा पुलको काम निर्माणधिन अवस्थामा रहेको छ भने बाँकी २२ वटा पुलको सर्वे तथा डिजाइनको क्रममा रहेको जनाइएको छ ।

आयोजनाको बेनी-जोमसोम सडकमा ८ वटा र जोमसोम -कोरला सडकमा ८ वटा पक्की मोटरेबल निर्माणधिन अवस्थामा काम भइरहेको इन्जिनियर यादबले उल्लेख गरे ।इन्जिनियर यादवका अनुसार यसवर्ष कोरोना माहामारी, बाढी पहिरो तथा हिमपातलगायतका विभिन्न कारणले सडक तथा पुलको काम न्यून मात्र प्रगति भएको छ ।

उनले दसैंअघि नै सप्तकोशी जलाधार कन्ट्रक्सनले मुस्ताङको कोवाङदेखि मार्फासम्म कालोपत्रे गर्ने जनाएपनि कोरोना कहरले कालोपत्रे गर्ने काम हुन नसकेको जानकारी दिए । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक २०७४ सालदेखि सुरु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.